Sunday, May 18News That Matters

नेपालमा बाढीपहिरोको कहर: १२५ जनाको मृत्यु, १४३ जना घाइते

यो समाचार शेयर गर्नुहोस्

बिहीबार दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, काठमाडौँमा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ५, वाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ गरी कुल १२५ जनाको ज्यान गएको छ।

विपद्मा परी १४३ जना घाइते भएका छन्। काठमाडौँमा ८, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३३, र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्।

फोटो सामाजिक संजाल

फोटो:- सामाजिक संजाल

त्यस्तै, कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ गरी कुल ५३ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा २, मधेस प्रदेशमा १, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी कुल ८ जना बेपत्ता भएका छन्।

विपद्का कारण २२२ घर, ८० गोठ, ४३ पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ५८५ वटा पशुचौपाय मरेका छन्। यस अवधिमा विपद्का घटनाबाट ३७२१ परिवार विस्थापित भएका छन्।

साथै यो भिडीयो पनि हेर्नुहोस:-

प्रतिकृया दिनुहोस