Tuesday, January 20News That Matters

मुस्ताङ यात्रा: चुनौतीपूर्ण सडक अवस्था र चीनको गतिविधिबाट उत्पन्न सम्भावित खतरा

यो समाचार शेयर गर्नुहोस्

मुस्ताङ यात्रा रिपोर्ट: प्रकाश अधिकारी, डाँडाघरे खबर

जेष्ठ महिनामा हामीले मुस्ताङको भ्रमण गरेका थियौं, र त्यहाँका चुनौतीहरूको विश्लेषण तयार पारेका छौं। यस वर्ष म्याग्दीबाट मुस्ताङ जिल्लाको लोमन्थाङ र चीनको सिमाना कोरोलासम्मको सडक अवस्था अत्यन्त चुनौतीपूर्ण देखिएको छ।

मुक्तिनाथ मन्दिर:-

म्याग्दी जिल्लाबाट मुस्ताङसम्मको मुख्य सडक मार्ग, बेनी-जोमसोम-कोरला सडक, विशेष गरी वर्षायाममा अत्यन्तै कठिनहुने गरेको छ। निरन्तरको वर्षाका कारण बारम्बार पहिरो र सडक कटानको समस्या उत्पन्न भएको छ, जसले यातायातमा गम्भीर अवरोधहरू ल्याउने देखिन्छ ।

जोमसोम-लोमन्थाङ खण्ड: यो खण्डमा पहिरो र सडक कटानका घटनाहरू बारम्बार भइरहेका छन्। सडक मर्मतसम्भारका कार्यहरू जारी रहे तापनि कठिनाइहरू यथावत छन्।

लोमन्थाङ-कोरोलासम्मको यात्रा: यो क्षेत्रमा सडकको अवस्था अझै कठिन रहेको छ। उकालो, भीर र तीव्र मोडका कारण यातायातमा थप चुनौती उत्पन्न हुन सक्छ घाम लागेको बेला बालुवाका थुप्रो हरुबाट मोटरसाईकल गाडीहरु कठिनका साथ् ओहोरदोहोर गरेका देखिएको थियो ।यस वर्ष पहिरोका घटनाहरूले सडक यातायातमा गम्भीर अवरोध उत्पन्न गरेका छन्।
विभिन्न स्थानमा सडक मर्मत कार्यहरू भइरहेका हुँदा यातायातमा ढिलाइ हुने संभावना छ।

बाटो बन्दै मुस्ताङ्ग:-

यस क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आवश्यक छ। स्थानीय मौसम रिपोर्ट र सडक अवस्था बुझेर यात्रा योजना बनाउनु उचित हुन्छ। विशेष गरी चार पाङ्ग्रे ड्राइभ गाडीको प्रयोग गर्न सिफारिस गरिन्छ।यसैबीच, चीनले आफ्नो सिमानामा ७० घर सुकुम्बासी राखेको खबरले नेपालको भूमिमा केहि असर पर्ने हो कि भन्ने आशंका पैदा भएको छ। यो विषयमा नेपाल सरकारले ध्यान दिनु आवश्यक देखिन्छ, ताकि भविष्यमा कुनै पनि प्रकारको भूमि विवाद उत्पन्न नहोस्। नेपालको भूमिमा असर पर्ने आशंका स्थानीयस्तरमै देखिएको छ।

समग्रमा, म्याग्दीबाट मुस्ताङ हुँदै लोमन्थाङ र कोरोलासम्मको सडक यात्रा साहसिक र चुनौतीपूर्ण छ। यात्रुहरूले आवश्यक तयारी, सावधानी र जोखिमलाई ध्यानमा राखी यात्रा गर्नु पर्नेछ। साथै, चीनको गतिविधिबारे सचेत रहँदै नेपाल सरकारले आवश्यक कदम चाल्नु पर्नेछ।

बेनी मा रहेको गलेश्वर मन्दिर:-

नेपाल चाईना सिमा स्तम्भ:-

हेर्नुहोस मुस्ताङ कोरोला नेपाल चाईना सम्मको भिडियो रिपोर्ट:-

प्रतिकृया दिनुहोस