Friday, March 28News That Matters

बोलबम पदयात्रा गाइघाट देखि केदारेश्वर

यो समाचार शेयर गर्नुहोस्

बोलबमको नाराले सुख पाउन् साराले भन्ने मुल मन्त्र सहित यहि श्रावण पहिलो साता शोमवारका लागि बोलबम जलार्पण कार्यक्रमको तयारी पुरा भएको छ ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी गराएको हो। । हरेक वर्ष हुने बोलबम पदयात्रासहित जलार्पण कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनका शनिबार विहान नै मोटरसाइकल र्याली समेत सम्पन्न भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधिश चिद्घन चैतन्य महाराजले संचारमाध्यमले यस्ता धार्मिक तथा आध्यात्मिक विषयको उठान गर्नुपर्ने तर्फ जोड दिनुभयो । पत्रकारहरुको साथ र सहयोगको प्रशंसा गर्दै उहाँले साउन महिना शिव शंकर भगवान् को विशेष महिना रहेकोले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको जानकारी गराउदै हिन्दु सनातनि धार्मिक तथा विशेष गरेर शिवभक्तहरुका लागि श्रावण महिना अत्यन्तै महत्त्वपूर्ण महिना रहेको वताउनु भयो ।। उहाँले पत्रकारहरुले उठान गरेका जिज्ञासा तथा सुझावको जवाफ समेत दिनुभएको थियो । शिवमहिमा दिनप्रतिदिन बढेको बताउँदै उहाँले सवैलाई अध्यात्मिक चिन्तनका साथ समाचार सम्प्रेण गर्न आग्रह गर्नुभयो ।

बोलबमको ध्वनिले, शान्ति पनउन् साराले भन्ने उद्घोष सहित हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको जानकारी गराउदै विगत २३ वर्षदेखि निरन्तर चलेको वताउदै
बोलबमका संयोजक शंकर खरालले पत्रकारहरुको साथ र सहयोगले बोलबम आज यहासम्म आएको जनाउदै स्थापित भईसकेको बताउनुभयो ।
संयोजक खरालले बोलबमको पूर्वसन्ध्यामा शनिबार मोटरसाइकल र्याली भव्यताका साथ सम्पन्न भएको समेत जानकारी दिनुभयो ।
सयोजक खरालका अनुसार साउन महिनाको प्रत्येक सोमबार शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिनेछ ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिका सचिव ओमनाथ अधिकारीले संचालन गर्नुभएको पत्रकार सम्मेलनमा प्रचार संयोजक तथा रेडियो सफलताका प्रमुख दुर्गा अधिकारी, पत्रकार शिवराज बस्ताकोटी लगायतले बोल्नुभएको थियो । साथै पत्रकारसम्मेलनमा पत्रकारहरुले विभिन्न जिज्ञासा समेत राख्नुभएको थियो । जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ । बोलबम धाममा विशेष पूजा आराधनादेखि भजन किर्तन हुनेछ ।

पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकोमा अहिले भारतबाट समेत भारतिय भक्तजनहरु नेपाल आउन थालेको उहाँले बताउनुभयो । २३ वर्षअघि केदारेश्वरमा सुरु गरेको बोलबम अहिले यहाँको संस्कृति परम्परा बनेको छ ।बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण कार्यक्रम सफल बनाउनका लागि यस अघि नै विभिन्न उपसमिति गठन गरेको छ ।
जसमा प्रचारप्रसार उपसमितिको संयोजक मिडिया सल्लाहकार तथा रेडियो सफलताका प्रमुख दुर्गा अधिकारी, अर्थ संकलन उपसमितिको संयोजकमा केदारेश्वर महादेवमणि सेवाश्रमका कोषध्यक्ष रामप्रसाद बस्ताकोटी, प्रसाद व्यवस्थापन समितिमा अनिल गुप्ता, मञ्च सांस्कृतिक भजन व्यवस्थापन समितिमा लक्ष्मण गौतम, मञ्च टेण्ड साउण्ड व्यवस्थापनमा सल्लाहकार संयोजक दयानन्द पोख्ररेल, फुलप्रसाद मन्दिर व्यवस्थापन समितिमा मितेरी नारी समुह पोखरा ६, सरसफाई समितिमा ड्यामसाइड टोल विकास संस्था तथा ड्यामसाइड आमा समुह रहेका छन् । स्वयसेवक व्यवस्थापनको जिम्मेवारी विश्वहिन्दु महासंघ वडा नम्वर ६ वैदामले लिएको छ । भक्तजनका लागि प्रसादको व्यवस्था पहिलो हप्ता मितेरी नारी समुहले दोस्रो हप्ता रामजी बानियाँले तेस्रो हप्ता मारवाडी सेवा समिति र चौथो हप्ता एन वि व्यवसायी समितिले गर्ने छन् ।

प्रतिकृया दिनुहोस