Sunday, March 23News That Matters

मौसम छिनाल: स्मरण शक्तिको जादूगर

यो समाचार शेयर गर्नुहोस्

मौसम छिनाल नेपालका एक प्रमुख मेमोरी मास्टर ट्रेनर हुन्, जसले स्मरण शक्ति सुधार र मेमोरी प्रशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।मौसम छिनालको जन्म वि.सं. २०५३ कार्तिक २४ गते पोखरामा भएको थियो। उनका बुबा मणिराज छिनाल र आमा शान्तिदेवी छिनाल हुन्। सानैदेखि उनी अन्य बालबालिकाभन्दा फरक स्वभावका थिए र नयाँ कुरा सिक्नमा विशेष रुचि राख्थे। विद्यालयमा पनि उनका नतिजाहरू सधैं उत्कृष्ट रहन्थे।

फिजिकल ट्रेनिङ्ग दिदै मौसम छीनाल

पोखराको अमरसिंह चोकमा हरेक वर्ष आयोजित महोत्सवमा एउटा स्टलमा रहेको मेमोरी इम्प्रूभमेन्ट पुस्तकले उनलाई अत्यन्त आकर्षित गर्‍यो। यस पुस्तकले उनलाई घोक्नबाहेक अन्य स्मरण गर्ने तरिकाहरू पनि हुन्छन् भन्ने बोध गरायो। त्यसपछि उनले मेमोरी टेक्निक्स सम्बन्धी विभिन्न पुस्तकहरू खोजी अध्ययन गर्न थाले। उनले साइबर क्याफेहरूमा गएर इन्टरनेटबाट हजारौं वर्षअघिका स्मरणकलाका टेक्निक्सहरू पनि अध्ययन गरे।



छिनालले मेमोरी प्रशिक्षणमा विशेष अध्ययन गरेका छन् र विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रमहरूमा भाग लिएका छन्। उनका प्रशिक्षण विधिहरूमा स्मरण शक्ति सुधार, ध्यान केन्द्रित गर्ने क्षमता, र सूचना अवधारणामा सुधार समावेश छन्।



२० वर्षको उमेरदेखि उनले मेमोरी प्रशिक्षण दिन सुरु गरे। स्नातक अध्ययनका क्रममा उनले सहपाठीहरूलाई स्मरणकलाका विभिन्न टेक्निक्स प्रयोग गरेर कठिन विषयहरू सम्झाउन सहयोग गरे। सकारात्मक प्रतिक्रिया पाएपछि उनले पोखराका विभिन्न विद्यालयहरूमा तालिम दिन थाले। क्रमशः उनले बागलुङ, स्याङ्गजा, पर्वत, म्याग्दी, र चितवनका विभिन्न शैक्षिक संस्थाहरूमा पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गरे।



COVID-19 ताका मौसमको दैनिकी फेरियो अनलाइन प्रशिक्षण बाट प्रसिद्ध हुदै गए उनको काठमान्डुमा एकाएक चर्चा चल्यो धेरै मिडिया हरुको नजरमा हिरो भए त्यसताका उनको अन्तरबार्ता हरु हामीले बिभिन्न मिडिया मा देख्न सक्छौ।

अन्लाईन ट्रेनिङ्ग दिदै मौसम छीनाल


कोरोना महामारीअघि मौसम विभिन्न जिल्लाका शैक्षिक संस्थानहरूमा प्रशिक्षण दिन व्यस्त थिए। तर, महामारीपछि भौतिक कक्षाहरू बन्द भएपछि उनले अनलाइन कक्षाहरू सञ्चालन गर्न थाले। प्रारम्भमा केही चुनौती भए पनि पछि उनले अनलाइन प्रशिक्षणलाई प्रभावकारी बनाए। विशेषगरी लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कक्षाहरू सञ्चालन गरे, जसबाट थप विद्यार्थीहरू आकर्षित भए।

मौसम छिनालको “माइण्ड बुस्टर नेपाल इन्स्टिच्युट” नामक आफ्नै कम्पनी छ, जसका फाउन्डर र सीईओ उनी हुन्। उनले आफ्ना कक्षाहरूलाई अझ प्रभावकारी बनाउन र शिक्षा क्षेत्रमा नयाँ कोर्सहरू र प्याकेजहरू ल्याउने योजना बनाएका छन्।

मौसम छिनालका मेमोरी प्रशिक्षण कार्यक्रमहरूले धेरै व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पारेका छन्। उनका विद्यार्थीहरूले सरकारी सेवामा नाम निकाल्न सफल भएका छन् र नतिजासहितका स्क्रिनसटहरू पठाएर उनलाई खुशी बनाएका छन्।

बिभिन्न बिद्यालयमा ट्रेनिङ्ग दिदै मौसम छीनाल


मौसम छिनाल एक कुशल मेमोरी मास्टर ट्रेनर हुन् जसले नेपाली समाजमा स्मरण शक्ति सुधारका लागि उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनका प्रशिक्षण कार्यक्रमहरूले व्यक्तिहरूको शैक्षिक र पेशागत जीवनमा सकारात्मक परिवर्तन ल्याएका छन्। एसका साथै उनले आफ्नो प्रशिक्षण कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पनि विस्तार गरेका छन्, जसले गर्दा धेरै व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेका छन्।

उनको विद्यालय अमरसिंह मावि बाट (SLC), अमरसिंह बाटनै (+2)

पोखरा वन विज्ञान अध्ययन संस्थान बाट स्नातक: सम्मकोअध्यन गरेका मौसमको ब्यक्तिगत योजना भने शैक्षिक क्षेत्रमा योगदान दिने रहेको छ ।परम्परागत पढ्ने तरिका मा हास्य रस, स्मरण विधि अनि व्यवहारिकता को पक्ष लाई जोडेर विभिन्न कोर्स हरु डिजाईन गरी पढाईलाई रोचक, दीर्घ स्मरण र उपयोगी बनाउने योजना उनको रहेकोक छ।

बिभिन्न संघ संस्था बाट सम्मानित मौसम छीनाल

हालसम्मको अनुभव रमाइलो रहेको र खासै उतारचढाव नभएको, नयाँ सिकाई र बेग्लै सिकाई भएको र भइरहनेछ उनले प्रस्ट पारे ।

अन्तरवार्ता:को क्रममा हामीले केहि प्रश्नहरु सोधेका छौ –

हाम्रो प्रश्न: तपाईंको भविष्यको योजना के छ?

मौसम उत्तर: शैक्षिक क्षेत्रमा योगदान दिने।

हाम्रो प्रश्न: आगामी दिनहरूमा शैक्षिक क्षेत्रमा क्रान्तिकारी फड्को कसरी सुरु गर्नुहुन्छ?

मौसम उत्तर: परम्परागत पढ्ने तरिका मा हास्य रस, स्मरण विधि अनि व्यवहारिकता को पक्ष लाई जोडेर विभिन्न कोर्स हरु डिजाईन गरी पढाईलाई रोचक, दीर्घ स्मरण र उपयोगी बनाउने योजना छ।



हाम्रो प्रश्न: प्रेम तथा विवाहको बारेमा के विचार छ?

मौसम उत्तर: अनुभव नभएको र अहिलेसम्म सोच नभएको (मौसम छिनाल मुसुमुसु हास्दै)।



हाम्रो प्रश्न: विवाह नगरी संसारमा एक्लै बस्ने योजना छ?

मौसम उत्तर: अहिलेसम्म तत्कालका लागि सोचेको छैन (फेरि मुसुमुसु हास्दै)।



हम्रो प्रश्न: अंक स्मरणमा विश्व रेकर्डको तयारीमा जुट्ने योजना छ?

मौसम उत्तर: हो, यसमा पनि योजना बनाउँदैछु।

हामीले मौसम छीनाल संग केहि डेमो मेमोरी परिक्षण पनि गरेको भिडियोमा देखाऊछौ तल क्लिक गरेर हेर्नुहोला

प्रतिकृया दिनुहोस