Sunday, March 23News That Matters

तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न: दर्जन बढी कलाकार सम्मानित

यो समाचार शेयर गर्नुहोस्

पोखरा, श्रावण ७ – आमा तिलकुमारी मिडियाद्वारा आयोजित तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ शनिबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ। प्रमुख अतिथि पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको विशेष आतिथ्यतामा आयोजित यस कार्यक्रममा विभिन्न श्रेणीका दर्जनभन्दा बढी कलाकारहरू सम्मानित सम्मानित भएका छन्

यस वर्षको ‘आमा नेशनल अवार्ड २०८१’ बाट सम्मानित कलाकारहरू विभिन्न श्रेणीमा पुरस्कृत हुनेहरूमा प्रिन्सु पोखरेल (बाल कलाकार), घनश्याम लामिछाने (लोकप्रिय निर्देशक), राजु पौडेल (राजु मास्टर) (सामाजिक टेलिचलचित्र), मरिचमान श्रेष्ठ (बल्छी धुब्रे) (हाँस्य टेलिचलचित्र), देशभक्त खनाल (सिनियर अभिनेता), मिथिया शर्मा (सिनियर अभिनेत्री), नाजिर हुसेन (लोकप्रिय नायक), पशुपति शर्मा (लोकप्रिय गायक), स्मिता दाहाल (लोकप्रिय गायिका), रामचन्द्र बोहोरा (टेलिसिरियल कथा पटकथा संवाद, बुहारी), नेत्र रावत (कमेडी सिरियल) रहेका छन्।

यसैगरी, अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली (लोकप्रिय कमेडियन), सरस्वती फुँयाल (चरित्र अभिनेत्री), आशा खड्का (सामाजिक टेलिसिरियल), भिष्मराज फुलारा (साहित्यकार), मनोहर भण्डारी (नव निर्देशक, म्युजिक भिडियो), सुमन पौडेल (नव नायक), दिपेन्द्र शाही (कार्यक्रम सञ्चालन), रविन भट्ट (भिडियो सम्पादक), नविन केसी (छायाङ्कन), दिवस हुमागाइँ (पब्लिसिटी डिजाइनर), प्रकाश सुवेदी (चलचित्र पत्रकार), डा. राजन विनायक पासा (पर्यटन गीत), राम लामा (गीतकार), रमेश श्रेष्ठ (इभेन्ट म्यानेजर), गोकुल विसी (सर्ट फिल्म अभिनेता), केशव काजी बाँनिया (व्यवस्थापक) पनि सम्मानित भएका छन्।

यस वर्षको ‘आमा नेशनल अवार्ड’ कार्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भएका छन्। चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छायाङ्कनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाईँ पनि सम्मानित भएका छन्।

कार्यक्रममा संयोजक तथा जुरी सदस्य भण्डारीले आफ्नो मन्तव्य राख्दै भने, “हामीले पैसा कमाउने उद्देश्यले नभई जुरीमार्फत छनोट भएका, कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यक्तिहरूलाई अवार्ड र सम्मान गरेका बताए ।”

निवर्तमान सभामुख अग्नी सापकोटाले कार्यक्रमको प्रशंसा गर्दै आमा तिलकुमारी मिडिया र संयोजक भण्डारीलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमका क्रममा पूर्वि रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए।

आमा तिलकुमारी मिडियाका अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रम दूर्गाराज पाण्डेले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस