आइतवार बाट गण्डकी प्रदेस भर कुनैपनि सार्वजनिक सवारी नचल्ने
यातायात व्यवशायि राष्ट्रिय महासङ्घ तथ सम्पुर्ण यातायात व्यवशायि यातायात मजदुर सङ्घ सगठनको सयुक्त आब्हानमा गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि आइतबार देखि कुनैपनि सार्वजनिक सवारी साधन सडकमा नगुडाउने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन चालेको कदम प्रति आपत्ति जनाउदै सो कदम लाइ अगाडि नबढाउन ४८ घण्टे अल्टिमेटम दिएका थिए। ।
गण्डकी प्रदेशमा यातायात व्यवसायीले आइतबार बिहानै देखि कुनैपनि सार्वजनिक सवारी साधन सडकमा ननिकाल्ने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
उक्त म्याद सकिएसँगै गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय तथा छलफल सम्म नगरेको भन्दै आइतबार बिहानैदेखि सार्वजनिक यात्रुबाहक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष केदार पौडेलले बताए। ।

आफुहरुले ४८ घण्टे अल्टिमेटम दिएको समय समाप्त भइसकेको जनाउदै सरकारले यातायात व्यवशायि मजदुरका मागलाई कुनै ध्यान नदिएको प्रति दुख व्यम्त गर्दै सरकारबाट गरिएको नजरअन्दाजका विरुद्ध आफुहरु बाध्य भएर गण्डकी प्रदेस भर सम्पुर्ण सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेको वताए।

आइतबार पनि कुनै सकरात्मक जवाफ आएन भने गण्डकी प्रदेशमात्रै नभएर देशभर अनिस्चितकालिन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्क्याएर सम्पुर्ण यातायात व्यवशायि यातायात मजदुर सडकमा उत्रने अध्यक्ष पौडेलले वताए।