यातायात व्यवशायि द्वारा बन्दका सबै कार्यक्रम स्थगित पत्रकार माथि दुर्व्यबहार । नेपाल राष्ट्रिय यातायात व्यवशायि महासंघ द्वारा गरिएको विरोध कार्यक्रममा आज बिहानदेखि पोखरामा यातायात व्यबसायीहरूले सडकमा व्यापक आन्दोलन गर्दै ट्राफिकमा अवरोध उत्पन्न गरेका थिए। यस आन्दोलनले पोखराका केही सडक तथा मुख्य चोक पृथ्वी चोक भने अस्तव्यस्त देखिएको थियो ।, जसलाई व्यवस्थापन गर्न प्रहरीलाई विशेष चुनौतिहरूको सामना गर्नु परेको थियो।




आन्दोलनकारीहरूले आवतजावत गरि रहेका सवारी रोकेर अवरोध गरेका थिए भने इन्ड्राईव या पठाओले मान्छे वोसार पसार गरेको कारण असन्तोष व्यक्त गरेका थिए । यद्यपि, केही आक्रोशित समूहले पत्रकारहरूको क्यामेरा खोस्ने र उनीहरूसँग झम्टिने हातपात गर्ने प्रयास गर्दा स्थिति झनै तनावग्रस्त बनेको थियो।

यातायात मजदूर सङ्गठनका नेताहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए ।उनीहरूले आन्दोलनकारीहरूलाई संयमित रहन, कसैको गाडीमा क्षति नगर्न, र जबरजस्ती नगर्न चेतावनी दिएपनि केही आन्दोलनकारी आक्रोसित देखिएका थिए भने नेताहरूको चेतावनीले केही आन्दोलनकारीहरूलाई शान्त पार्न केही हदसम्म सफल भएको देखिएको थियो ।

आयोजक नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघको तर्फबाट महासघका सचिव योगेन्द्र केसिले आफुहरु प्रदेश सरकार सङ्ग वार्ता छलफलका लागि जान लागेको जानकारी गराउदै आफ्नो विरोध कार्यक्रम स्थगित गरिएको हुदा सबैलाइ आ-आफ्नो घर जान आग्रह गरेपछि स्थिति केही शान्त भएको थियो ।

सार्वजनिक सवारी यातायात बन्दका कारणकेही समय यात्रिहरु अलपत्र परेका थिए यात्री हरुले सास्ती खेप्नु परेको थियो भने केही घण्टा असहज परिस्थिति सृजना भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ( पत्रकार हरुलाई दुर्ब्यबहार गरेको फुटेजसहित )





















