Friday, March 28News That Matters

दुइ जिब्रे राजनैतिक दल र त्रसित भ्रस्टचारी नाइके हरु

यो समाचार शेयर गर्नुहोस्

हिजो ७ शालदेखि आजका दिनसम्म आइपुग्दा  नेपाली जनतालाइ सपना बाड्दै आएका दल र नेताहरुले जे बोलेका थिए त्यहि उनले भनेका कुरालाइ साथ दिदै नेपाली जनताले सुनौलो सपना देख्दै देसले कोल्टे फेर्ने भयो । हामी नेपाली जनताको भबिष्य उज्जल हुने भो भन्नेमा आम नेपालि जनता पटकपटक नेपालका राजनितिक दल  र नेताहरुको विश्वास गर्दै र भर पर्दै आए। 

नेपालमा विशेष गरेर काङ्ग्रेस र कम्युनिस्टका नाममा देसको राजनिति  गर्दै कहिले राजासगै सठगाठ गर्दै   बहुदलिय प्रजातन्त्र त कहिले राजाकै विर‍ोध गर्दै त कहिले राजसस्थानै खारेज गरेर सँघिय लोकतान्त्रिक  गणतन्त्रका नाममा जसरि भएपनि वालुवाटार सिहदरवार वानेस्वरलाइ कब्जा गर्दै आएपनि जतिनै परिवर्तनका कुरा गरेपनि  देस जहाकोतहि हैन झन् दिनप्रतिदिन देसक‍‍ो अवस्था खस्कदै गएको छ। फेरिपनि काङ्ग्रेस र कम्युनिष्टका नेताहरुले  लाजै नमानि नैतिकताको धरातल कहाछ भन्ने पत्तै नपाए झै गरि राजनिति गरि रहेछन्।

 नेपालकै सबैभन्दा पुरानो भनिएको जेठो पाटि नेपाली काङ्ग्रेसले विपिवादको बाटो देखाउदै विपिवादकै ब्याजमा आजसम्म शासन सत्ता चलाउदै आएको काङ्ग्रेस  र   महान् नेता स्व मदन भण्डारिको नाम जप्दै आएको एमाले पटकपटक जनताकै कित्तामा उभिएको भन्दै माहिलो पाटिकै रुपमा  स्थापित भएको एमाले र पछिल्लो केही दसक यता  परिवर्तन वाहक को रुपमा उदाएको कहिले पहिलो त कहिले  तेस्रो शक्ति को रुपमा देखिएको माओवादि लगायत पछिल्ला दसकमा जन्मिएका मधेसवादि लगायत बिभिन्न पाटि हरुका नेताहरुले गरेको  राजनीति रस नभएको कागति जस्तै नैतिक  नभएको राजनीति गर्नुले देसमा राजनीतिक विकृति वेथिति भ्रष्टाचार ब्यभिचार यति मौलाउदै जान थाल्यो कि जसले भ्रष्टचार गर्छ उहि छाति फुलाउदै कहिले प्रतिपक्ष हुदै कहिले सत्तापक्ष हुदै भ्रष्टाचार लाई कारवाहि गरेरै छाड्छौ भन्ने कहिले  जनताको बिचमा आएर  विशेष गरेर काङ्ग्रेस र कम्युनिष्टका  नेताहरुले त्यसमा पनि पटकपटक प्रधानमन्त्री मन्त्री सांसद भएका मात्रै हैन भ्रष्टाचारको आरोप लागेका  नेताहरु नै भ्रष्टचारिलाइ कारवाहि  गर्नुपर्छ भन्ने दैध चरित्र देखाउदै नेपाली जनतालाई जसरी झुक्याउने काम गर्दै आएका छन्।यो भन्दा ठुलो धोका नेपाली जनताका लागि अरु केहि हुनै सक्दैन। 

विशेष गरेर ठुला भनिएका दलका  नेताहरुले यतिखेर देसै भर दिउसै रात पारेर नैतिकताहिन राजनिति गरि रहेछन्। यसले  नैतिक भनेको कुन चराको नाम हो भन्नू पर्ने  अवस्था आएको देखिन्छ । 

देसमा यतिका बर्ष राजनिति गरेर छेस्को नभाचेकाहरु आज पनि ससदमा गर्जिएको देख्दा लाजले पनि लाज मानि रहेछ।यहाँ कोहिपनि चोखा रहेन्छन् भन्ने कुरा त नेपालि जनताको बिचमा दिनमा लागेको  घाम जस्तै छर्लङगै भएकोछ।हिजो आफ्नो पाटि  प्रतिपक्षमा रहदा भ्रष्टाचारिलाइ कारवाहि गर्नु पर्छ भन्दै ससदमा गर्जिने नेताहरु अब सत्तामा पुगेपछि गर्जिन्छन् कि नहि त्यो हेर्न बाकि नै छ। यता हिजो सत्तामा रहेर आज प्रतिपक्षमा रहेका पाटि र तिनका नेताहरुले कस्तो प्रतिपक्षको भुमिका निर्वाह गर्छन् ससदमा कसरि प्रस्तुत हुन्छन्  त्यो पनि हेर्न बाकि नै छ।  

समग्रमा भन्नु पर्दा नेपालमा भएका दलहरु विशेष गरेर ठुला भनिएका दल र तिनका राजनितीमै जिवन विताएका परिवर्तन वाहक होउ राजसस्थालाइ जरैदेखि फाल्ने ल्यागत भएका  हामि जेलनेल खाएका  बर्षौ सत्तामा र प्रतिपक्षमा  रहेका ठुला पाटीका नेता होउ भन्ने पाटिका नेताहरुको बैमानपन र नेपाली जनतालाई धोका दिने देसलाइ पुरै भ्रष्टाचारको दलदलमा फसाउने आफुहरु नै भ्रष्टाचारको आरोप खेपि रहदा पनि सत्ताकै लागि भ्रष्टाचार बाट जोगिन र भ्रष्टचारिलाइ जोगाउनकै लागि जुन किसिमको लज्जास्पद इतिहास मै नभएको नेपालि जनताले कल्पनै नगरेको अकास र धरती पनि कहि मिल्छ र भनेजस्तो दुरि भएका पाटिहरु रातको १२ बजे एक भएर सत्तामा जाने प्रपञ्च रच्नुलाई नेपाली जनताले सामान्य रुपले हेरेका छैनन् । हिजो  फरकफरक विचार सिद्धान्त र वाद सहित फरकफरक पाटिका नामबाट काङ्ग्रेस कम्युनिस्ट का नाम बाट स्वतन्त्र नामबाट आएका राजतन्त्र पक्षधर पाटि गणतन्त्र सघियता पक्षधर सघियता विरोधि पाटि र तिनका नेताहरु पनि सत्तामा जाने बेलामा सत्ता स्वादमा रमाएको देख्दा र प्रतिपक्षमा रहनुपर्दा छटपटाएको देख्दा र नेताहरुको  नैतिकता हराएको  राजनिती देख्दा नेपाली जनता समेत अचम्भित भएका छन्। त्यसैले भन्नैपर्ने हुन्छ। पछिल्लो समयमा आएर  दसकौ थन्किएका भ्रष्टचारका फायल खोल्ने र खुल्ने प्रकृया र चर्चा सगै देसको राजनितिनै  उथलपुथल  हुने सङ्केत हरु देखा पर्न थालेका छन्।  नेपाली जनतामा नेताहरुको जिवनशैलि व्यवहार  नेताहरुमा देखिएको  दैध चरित्र सिद्धान्त विचारहिन नैतिकता हराएको राजनीति देख्दा  नेपाली जनता  यति आक्रोशर दिक्क भैसकेका  छन् कि कस कसलाइ कुन कुन पाटि र नेताहरुलाइ भित्तैमा  वा कहा कहा पुर्याउनु पर्ने हो भन्ने कुरामा  ढुक्क भएर ८४ को पर्खाइमा छन् ।किन भने  जनताको शक्ति र जनमत यस्तो हतियार हो जसले प्रहार गरेपछि  त्यस्ता नैतिक हिन नैतिकता हराएको राजनिती गर्ने दल र नेताहरुलाई कहिल्यै पनि नउम्रने घाँस जस्तो अवस्थामा पुर्याउन सक्ने सामर्थ्य राख्छन।

प्रतिकृया दिनुहोस