Friday, March 28News That Matters

वडा प्रहरी कार्यालय बैदामको सवारी नै दुर्घटनामा परेको छ

यो समाचार शेयर गर्नुहोस्

वडा प्रहरी कार्यालय बैदामको सवारी दुर्घटना

पोखरा ६ शान्ति पाटन चोक बैदामा गए राति वडा प्रहरी कार्यालय बैदामको ग१झ ५५१ नम्बरको सुरक्षा सवारी दुर्घटना भएको छ।
स्थानियका अनुसार रातिको बेला त्यसमा पनि मापसे गरि सवारी चलाएकै कारण दुर्घटना भएको वताएका छन्।
सवारीमा सिभिलमा रहेका तीन जना मध्ये चालकको हातमा सामान्य चोट लागेको दुई जनाको अवस्था सामान्य रहेको र उपचार पछि फर्किएको ट्राफिक प्रहरी कार्यालय कास्कीले वताएको छ।

कास्की ट्राफिक प्रहरिका अनुसार रातिकोदुर्घटना बेला अचानक कुकुरले बाटो काट्दा , इमर्जेन्सी ब्रेक हान्दा ब्रेक नलागेकै कारण सवारी दुर्घटना भएको जनाएको छ।
दुर्घटना भएको सवारी राति नै क्रेन लगाएर हटाइएको छ भने सवारिको अगाडिको भागमा क्षति पुगेको छ।
स्थानिले मापसे गरि सवारी चलाएको कारण दुर्घटना भएको वताइ रहदा कास्की ट्राफिक प्रहरीले इमर्जेन्सी ब्रेक लगाउनु पर्दा व्रेक फेल हुन गई दुर्घटना भएको वताएपनि दुर्घटना किन र कसरी भयो भन्नेवारे एकिन विवरण आउन भने बाकि नै छ।

प्रतिकृया दिनुहोस