Friday, March 28News That Matters

आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकी द्वारा महिला पत्रकार राना तथा पत्रकार महासंघ कास्की पुर्व अध्यक्ष श्रेष्ठ सन्मानित

यो समाचार शेयर गर्नुहोस्

पत्रकार महासंघ कास्की पुर्व अध्यक्ष तथा एभरेस्ट एफएम प्रमुख दिपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्।
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा २५ औ स्थापना दिवसको अवसरमा (फोनिज) गण्डकी द्वारा स्थापित कञ्चन ८१ पुरस्कारबाट महासंघ पुर्व अध्यक्ष तथा एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ सम्मानित भएका हुन्।


सोहि अवसरमा नवलपुरकी पत्रकार कमला राना मगर सम्मानित भएकि छन्। फोनिजको स्थापना दिवसको अवसरमा आईतबार सुईखेतको रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतको उपस्थितिमा सन्मानित व्यक्तित्व नवलपुर लाई कर्मक्षेत्र बनाउदै आएकि पत्रकार राना र श्रेष्ठलाई लाइ २५ हजार सहित दोसल्ला र सन्मान पत्र सहित सम्मान गरिएको थियो ।


पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र वहाको परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गर्नु भएको पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको थिइयो ।



यसअघि सो कञ्चन पुरस्कार द्वारा कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकाली सन्मानित हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस