हरेक कुराको चाहे व्यवस्थाको होस् चाहे शासन सत्ता कुर्चिको होस् समयको कुरा हुदो रहेछ। ससारमा यदि वलवान छ भने समय छ ।त्यो समय राम्रो नराम्रो दुई किसिमको हुदो रैछ। त्यसैले त कहिलेकहि भ्रष्टचारिहरुको मात्रै हैन श्रष्टाचारि इमानदारी जनताको पनि पालो आउदो रहेछ। कहिले जनता यति कमजोर निरिह बेसहारा बन्नु पर्दो रहेछ। कहिले फेरि सबै भन्दा शक्तिशालि आधि वेहरि हुरि भन्दा पनि शक्तिशालि बन्दो रहेछ। हो बङ्गला देसका जनताले कती सम्म सहेका रहेछन् कति सहनसिल रहेछन् कति इमानदार रहेछन् कति निरिह भएर बाचेका रहेछन् कति पीडा सहेर बसेका रहेछन् भन्ने कुरा त्यहाका जनताको सडकमा उर्लेको जनलहरले र उनिहरुमा देखिएको आक्रोसले स्पष्ट सङ्केत गरेको छ। जनता भनेको के हो जनशक्ती भनेको के रहेछ जनता जागे ब्युझिए भने के सम्म हुदो रहेछ कतिसम्म शक्ति प्रदर्सन गर्न सक्दा रहेछन् शासक लाइ कसरि धपाउदा रहेछन् शासकको निवासमा कसरि घेरा हाल्दा रहेछन्। यहा सम्मकि शासकको घरमा रहेको विस्तरा गमला कुर्चि भाडाकुडा मात्रै हैन भित्ते घडि समेत छाड्दा रहेन्छन् ,भनेपछि यदि यसरी आक्रोसित भएका जनताले शासकलाइ अगाडि फेला पारे भने जनता आक्रोस भए भने के सम्म हुदो रहेछ भन्ने कुराको सन्देस आज विश्वभर फैलिएको छ। विश्वका शासक हरुको मुटुमा ढ्याङग्रो बजि सकेको छ। सायद कतिपय देसका भ्रष्ट शासक नेता मन्त्रि हरुले त अब कति भ्रष्टले भ्रष्टाचार पनि नगर्ने भ्रष्टाचार गरि कमाएको अकुत सम्पति राज्यकै नाममा दिने उहीँ राजा ज्ञानेन्द्र शाहले जाताको नासो जनतालाइ नै बुझाए भनेझै गरि बुझाउने तयारिमा होलान्।
कति बेलैमा देसै छाड्ने तयारिमा होलान् ।कति उहि जति पटक व्यवस्था फेरिन्छ त्यतिपटक त्यहि व्यवस्थालाइ स्विकार्दै छेपारे प्रवृती दोहोर्याएर फेरिपनि अझै जनतालाइ झुक्याउने दाउमै होलान्।
कति अब निद्राको गोलि खाएर बल्ल सुत्नु पर्ने अवस्थामा पुगे होलान् । वङ्गला देसका जनताले यति बेला विश्वलाइ नै चकित पारेका मात्रै छैनन्। विश्वकै निदाएका जनतालाइ ब्युझाउने जगाउने सन्देस दिएका छन। यसरि देसै छाडेर भाग्नु पर्छ भन्ने कुरा कुन देसको कुन शासकले सोच्या थ्यो र अब विश्वकै शासकलाइ बङगला देसका जनताको त्यो शाहसिक सन्देस ले एक पटक सोच्न बाध्य गराएको छ।
बङ्गला देसका जनताबाट के विश्वकै भ्रष्ट र दुष्ट शासकहरुको टाउकोमा जनताको बज्र प्रहार हुन शुरु भएकै हो त ? अब हरेक देसका भ्रष्ट जनहित विपरीत काम गर्ने हरुका लागि सुध्रने मौका पनि नमिल्ने गरि प्रहार गर्नु पर्छ भन्ने बेला आएकै हो त ? के अब भ्रष्ट शासकलाइ होशियार भन्ने अवस्था आएको हो त ?
किन भने शासकलाइ सुध्रन एक दसक लाग्ला तर तीन चार सात दसक लाग्दैन भन्नेकुरा नेपालका जनताले पनि बुझि सकेका छन्। यहा अब उहीँ बिरालोको घाटिमा कसले घण्टि झुण्ड्याउने भन्ने मुसाको छलफल जस्तो हुने देखिदैन नेपालि जनता पनि नेपालका भ्रष्ट नेता र दलहरु देखि दिक्क र रुष्ट मात्रै हैन पुराका पुरा आक्रोश छन् भन्नेकुरा त दिनहु सामाजिक सञ्जालमा देख्न पाइन्छ। अब मुसाको जस्तो हैन सिहकोजस्तो गर्जदै जनता सडकमा निस्कदैनन् कि भन्ने अवस्था छैन। बङ्गला देसकि प्रधानमन्त्रि शेख हसिन भन्दापनि भ्रष्ट शेख हसिम र शेख हसिना हरु नेपालमा धेरै छन् । यदि नेपालका जनता जागे भने देसमा भइ रहेको वर्तमान अवस्था र नेताहरुको चर्तिकला देखेर दिक्क नभएका नेपालि अब बाकि कति नै होलान् र भनेजस्तो भइसकेको छ। कहिले सरकार बाटै कहिले लघुवित्त शहकारि बाटै कहिले वेरोजगारि बाटै प्रताडित नेपालि जनताको मन मनमा आगो नसल्केको हैन यता त्रिसुलिमा बस खस्ने दर्जनौ नेपालि जनता खोलामा वेपत्ता भएर आफन्तजनहरु त्रिशुलि किनारामा रुवावासि भइ रहदा सडकमा छटपछाइ रहदा वानेश्वरमा नेताहरु कुर्चिको लडाइ लडिरहेको दिन बिर्सलान् र यो ता प्रतिनिधिमुलक दुर्घटना मात्रै हो। नेपालमा को कुन पाटि र कुन पाटिको नेता कस्ता छन् कति भ्रष्ट छन् कहाँ कहाँ कति कति भ्रष्टचारमा कति लत्पतिएको छन् भन्ने कुरा यहाँ उठाइ रहनु नपर्ला यतिबेला त झन् नेताहरुको नाङ्गो नाच र उदाङ्गो चरित्र नेपाली जनताले राम्रो सग बुझेका छन्। त्यसैले भन्नै पर्ने हुन्छ आज ७४ बर्ष सम्म आइ पुग्दा नेपाली जनतालाइ राम्रै सग थाहा छ। नेपाली जनतालाइ कसले कुन नेताले दिएनन् धोका कुन नेता नै छन् र यहाँ चोखा भन्दा पनि फरक नपर्ने देखिन्छ। जसरि एउटा देस बाट फैलिएको कोरोना भाइरस विश्वभर फैलियो ठिक त्यसै गरि नेपालमा पनि भ्रष्टचार पनि नेपाली जनताका लागि देसैभर भाइरस जस्तै गरि फैलियो । नेपालमा जति भ्रष्टचार भएको छ त्यति नै भ्रष्टाचार को विरोध भुस भित्रको आगो भनेजस्तो गरि सल्कि रहेको छ। फेरि सात समुन्द्र पारिको कोरोना भाइरस नेपालमा आउन सक्छ भने बङ्गला देसमा सल्किएको आगो नेपालमा नसल्किएला भन्न पनि त सकिदैन । त्यसैले भन्नै पर्ने हुन्छ समय बलवान छ समय सग सोध्नै पर्ने समय सग सगै नेपाली जनता ब्युझिएर जागेर अगाडि बढ्ने बेला आएकै हो त? ?के नेपालमा पनि नेपालका भ्रष्ट नेता मन्त्रि र पाटि हरुको समय खराव आएकै हो त? भ्रष्टहरुको पापको घडा भरिएकै हो त ? आम नेपालि जनताको मन मनमा पिडा आक्रोस र प्रस्नै प्रस्नको ओइरो छ।
प्रतिकृया दिनुहोस
