Tuesday, January 20News That Matters

पोखरा १७ हरिहर मन्दिर व्यवस्थापन  समितिले श्रावण महिनाको अन्तिम सोमबार  हरिहर मन्दिर परिसरमा महा आरति सहित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न । 

यो समाचार शेयर गर्नुहोस्

वडा नम्वर १७ अध्यक्ष  प्रमुख अतिथि राधिका शाहि  योगि को आतिथ्यमा  भक्तजनहरुको उपस्थितिमा श्रावण महिना अन्तिम स‍ोमवार महाआरति सहित स्वागत तथा सम्मान  कार्यक्रम सम्पन्न गरिएको छ।


प्रमुख अतिथि अध्यक्ष  योगि  साथै हरिहर  मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारि बाट  शस्त्र प्रहरी बल एसपि अरुण कुमार शर्मा  साथै भर्खर वडा प्रहरी कार्याल बैदाममा सरुवा भैे आउनु भएका प्रमुख डिएसपि  सन्तोष निरौला लाई स्वागत तथा सम्मान गरिएको थियो। 


सम्मान कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष योगिले  मन्दिरको बारेमा चर्चा गर्दै आगामि दिनमा मन्दिरलाई अझै धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गरेरै छाड्ने प्रतिवद्दता जनाउनु भएक‍ो थियो। सोही अवसरमा वहाले धार्मिक सहिष्णुता सहितको आवस्यकता रहेको कुरामा जोड दिदै हरिहर मन्दिर ऐतिहासिक तथा धार्मिक इतिहास बोकेको धार्मिक स्थल रहेको महतगौडा क्षेत्र विकासका लागि आफुले प्रयास जारि राख्ने वताउदै पर्यटकका लागि  डेभिड फल्स  गुप्तेश्वर देखि सिधै हरिहर मन्दिर सम्म आवतजावत गर्नका लागि सडक बिस्तार भएकोमा आगामी दिनमा थप धार्मिक पर्यटक आउनेमा आफू विश्वस्त रहेको वताउनु भयो ।

हरिहर मन्दिर व्यवस्थापन  समिति अध्यक्ष तथा आयोजित कार्यक्रमका सभापति नगेन्द्र शर्मा भण्डारीले आयोजित कार्यक्रम बारे जानकारी गराउदै आफू र आफ्नो समिति मन्दिर निर्माण  सरक्षण तथा सौन्दर्यिकरणका लागि रात दिन खटिने र आगामि दिनमा सबैको साथ र सहयोगमा मन्दिरलाइ  पोखराकै महत्त्वपूर्ण धार्मिक स्थलको रुपमा स्थापित गर्ने  प्रतिवद्दता जनाउदै सबै अतिथि लगायत उपस्थित भक्तजनहरुमा स्वागत तथा धन्यवाद  प्रकट गर्नु भएको थियो। 

हरिहर मन्दिर मुल गुरु गोकर्ण अधिकारी ज्यु को सयोजनमा  गरिएको महा आरती कार्यक्रममा उपस्थित भक्त महा आरतिकर्ता तथा भक्तजनहरुले भजन सहित हरिहर भगवान सग प्रार्थना गर्दै पुजाआता गरेका थिए। मन्दिरमा आउने भक्तजनहरुका लागि प्रसादि ग्रहणको व्यवस्था समेत रहेको थियोे ।


 आयोजित कार्यक्रममा विभिन्न सघ सस्था तथा व्यक्तित्वहरुलाइ समेत सन्मान गरिएको थियोे । सम्मान कार्यक्रममा पत्रकार तथा  महिलाअधिकार कर्मि साथै सामाजिक धार्मिक सुचना तथा सचेतना अभियानकर्मि सुष्मा पौडेल,पत्रकार तथा सामाजिक सुचना अभियानकर्मि शिबराज बस्ताकोटि( शिवदाइ)

साथै ढुङ्गेसाघु सितापाइला आमा समुह ,जागरण आमा समुह,छिमेकी आमा समुह, जनकल्याण टोल विकास सस्था,सितापाइला टोल विकास सस्था, सम्वृद्दि टोल विकास सस्था, ,युवा पुरि युवा क्लव ,लगायत सघ सस्थालाइ  प्रमुख अतिथि योगि तथा कार्यक्रमका सभापति भण्डारि बाट सम्मान गरिएको थियोे ।


वडा नम्बर १७ वडा सदस्य शिवराम भण्डारी तथा वडा सदस्य तारा सेवा को समेत उपस्थिति रहेको थियोे भने धार्मिक सामाजिक सँघ सस्था तथा व्यक्तित्व साथै  भक्तजनहरुको बाक्लो उपस्थिति रहेको आयोजित कार्यक्रम हरिहर मन्दिर व्यवस्थापन समिति सचिव हरिहर भण्डारीले सञ्चालन गर्नु भएको थियो।

सस्तोमा सस्तो भनेजस्तो | Zero KM Chowk, Pokhara यहाँ ४०० ,६००,८००,१०० सम्मको कपडाहरु पाईन्छ
प्रतिकृया दिनुहोस