Friday, January 16News That Matters

“थामे खोलामा आएको काढिले पासाङ्ल्हामु गाँउपालिका प्रभावित

यो समाचार शेयर गर्नुहोस्

मे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका-५ को थामे बजारमा ठूलो क्षति भएको छ। प्रहरीका अनुसार, शुक्रबार दिउँसो आएको बाढीले ७ वटा घर पूर्ण रूपमा क्षति पुर्याएको छ, र गाउँको अवस्था दयनीय बनेको छ। यस बाढीले एउटा विद्यालय, पाँच वटा होटल र एउटा औशधि पसलमा पनि क्षति पुर्याएको छ।

तस्बिरहरु नेपाल प्रहरी

सोलुखुम्बू जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार, थामेमा ७ वटा घर अति जोखिममा छन् भने अन्य घरमा पनि पानी र लेदो सहितको बाढी पसेको छ। बाढीमा एक जना बेपत्ता भएका छन् र उनीहरूको खोजी कार्य जारी छ।

तस्बिरहरु नेपाल प्रहरी

प्रहरीले बाढीमा फसेका पाँच जनालाई उद्धार गरेको छ र थप खोजी कार्य जारी राखिएको छ। बाढीले पशुचौपायलाई पनि असर पारेको छ, जसको उद्धार गरिएको छ। बाढीको बहाव घटेपनि माथिल्लो तटीय क्षेत्रमा कटानको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

तस्बिरहरु नेपाल प्रहरी

सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार, थामेमामा अफ सिजनका कारण मानिसको चहलपहल कम थियो। “अफ सिजनमा प्राय थामेका होटल सञ्चालकहरूले काठमाडौँमा बस्ने गर्दछन्, त्यसैले त्यहाँ अहिले कुरुवा मात्रै थिए,” उनले भने। थामे सोलुखुम्बुको नाम्चेबाट उत्तरपश्चिम क्षेत्रमा पर्छ बाढीले पर्यटकीय क्षेत्रको अवस्था दयनीय बनाएको सांसद भण्डारीले बताए। “काठमाडौँमा भएकोले आज त्यहाँ जान पाइएन, भोलि जाने तयारी छ,” उनले थपे। बाढीका कारण गाउँलाई जोड्ने अन्य सडकहरू पनि भत्किएका छन्।

तस्बिरहरु नेपाल प्रहरी

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका-५, थामे खोलामा गएको बाढीको अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जान लागेको छ। राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहितको टोलीले बाढीको स्रोत र कारणको अध्ययन गर्ने बताइएको छ। टोलीले शुक्रबार नै त्यसतर्फ जान प्रयास गरेको थियो, तर मौसमका कारण नेपाली सेनाको हेलिकोप्टरले यात्रा गर्न नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसीले जनाएका छन्। शनिबार बिहान टोलीसहित सैनिक हेलिकोप्टर जाने तयारी गरिएको छ। रक्षा मन्त्रालय स्रोतका अनुसार, रक्षामन्त्री मानवीर राई पनि त्यसतर्फ जान सक्ने सम्भावना रहेको छ।

तस्बिरहरु नेपाल प्रहरी

प्राधिकरणका एक अधिकारीले भने, “हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो।

सस्तोमा सस्तो भनेजस्तो | Zero KM Chowk, Pokhara यहाँ ४०० ,६००,८००,१०० सम्मको कपडाहरु पाईन्
प्रतिकृया दिनुहोस