भाद्र २/ प्रकृति मानव केन्द्रित जनअभियान गण्डकी प्रदेसको प्रथम भेला सम्पन्न भएको छ।
प्रकृति मानव केन्द्रित जनअभियान कास्कीका अध्यक्ष तथा पोखराकै चर्चित आर्ट तथा नियात्राकार दर्जनौ पुस्तक लेखक तिलक पुन पूर्जा गण्डकी प्रदेस भेलामा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
जनअभियानका पुर्व केन्द्रीय अध्यक्ष शन्त वहादुर घिसिङको अध्यक्षतामा शनिबार पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम भेलाले पूर्जाको अध्यक्षतामा १७ सदस्सीय नयाँ प्रदेश समिति चयन गरेको छ ।

प्रथम भेला द्वारा नवगठित समितिमा उपाध्यक्ष बिष्णु लामिछाने(पर्वत), सचिव आरके अदिप्त गिरी (पर्वत) र कोषाध्यक्ष मनरुपा थापा (स्याङ्जा) रहेका छन्। सो समितिको सदस्यहरुमा अनुप प्रकाश पौडेल, ठाकुर गिरी, भवराज शर्मा, ममता गुरुङ,बलराम सिग्देल, कमला श्रेष्ठ, कृष्ण प्रसाद बस्याल, पदमदकिरण राणा, शिव बहादुर बराल, श्याम राना,राजेन्द्र राना, विदुर खरेल र लोक प्रसाद भुर्तेल रहेकोअध्यक्ष पुनले जानकारी दिएका छन्।
जनअभियानको पूर्व केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा उत्तम कडेलले अभियान बारे प्रकाश पारेका थिए भने कास्की अध्यक्ष तिलक पुन पुर्जाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य बिन्दु राज सापकोटाले राखेका थिए।