पोखरा / मङगलवार ४/ भनाइ नै छ धन देखेपछि महादेवका तिन नेत्र त्यसमा पनि हिजोआजको जमाना इमानदारिताको खडेरि आर्थिक सङ्कट पैसा त्यो पनि हजारौ रुपिया देखेपछि कसको मन लोभिन्न र लोभिन पनि त सक्छ।।



तर पोखरा १७ महत गौडाका नेत्रलाल भण्डारिले यो कुरालाइ गलत सावित गराइ दिएका छन्।
यहि भाद्र ३ गते सोमवार जनैपुर्णिमाको दिन केहिदिन पहिला जापानबाट आएका पोखरा १६ का सुशील आचर्य जनैपुर्णिमाको अवसरमा आफ्नो मामा ऋषि सुवेदिको को घर मोटरसाइकलमा जाँदै गर्दा पोखरा हेम्जा सडकखण्ड जौबारिमा अचानक खसेको ब्याग उनको हातमा जस्ताको तस्तै फेला परेको छ।
सोही ब्याग पोखरा १७ महतगौडाका नेत्रनाथ भण्डारीले फेला पारि आचार्य लाई आफ्नै घरमा बोलाइ बुझाएका छन्।
भण्डारी आफ्नै घर महतगौडा बाट आफ्नो शसुरालि पाउदुर तर्फ मोटरसाइकलमा जाँदै गर्दा उनले सोहि पर्स जौबारि सडक छेउमा फेला पारेका थिए।

पर्स फेला परेपछि भण्डारीले सोही पर्समा रहेको कार्डमा परिचय खुल्ने नाम ठेगान देखेपछि पूरा विवरण सहित सामाजिक सञ्जालमा पोष्ट गरेपछि केही सञ्चार माध्यममा समेत जानकारी गराएको उनले वताए
सम्वन्धित पर्स हराएका आचार्यका मामा ऋषि सुवेदिले भाञ्जाको नाम ठेगाना सहितको विवरण पोष्टमा देखेपछि उनी भण्डारी सँग सम्पर्कमा पुग्ने प्रयास सँगै सम्पर्कमा पुग्न सफल भएका थिए। त्यसपछि भण्डारीले मोबाइल फोन मार्फत आफ्नो घरमै बोलाएर नगद करिब ६० हजार एटिएम कार्ड साथै आवस्यक अन्य कागजपत्र समेत बुझाएका छन्।
आफ्नो हराएको नगद सहितको समान पाएपछि आचार्य र उनका मामा सुवेदिले अहिले को जमानामा यस्तो इमानदार भण्डारी ज्यु जस्तो इमानदार ब्यक्तित्व पाउदा सन्मान गर्दै धन्यवाद दिदै वहाँ लाइ सन्मान गर्ने शब्दै नभएको वताए ।

इमानदारीताको यो खडेरिमा यसरी फेला पारेको नगद सहित पर्स र कागजपत्र सामाजिक सञ्जाल मार्फत खोजि खोजि सम्वन्धित लाइ बुझाएकोमा पोखरा १७ महतगौडा हरिहर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले खुसि ब्यक्त गर्दै त्यसमा पनि आफ्नै टोल वडाका दाजुले यसरी यस्तो राम्रो सराहनीय कार्य गर्नु भएकोमा महतगौडा सगै सिङ्गो वडाका लागि समेत प्रतिष्ठा र गर्वको बिषय बनेको वताए।
आफुले फेला पारेको पर्स नगद सहित कागजपत्र आफ्नै घरमा बोलाएर बुझाउन पाउदा खुसि ब्यक्त गर्दै भण्डारिले आफूले पुण्यको काम गर्न पाएकोमा खुसिले गद्गद् भएको वताए।





















