Tuesday, November 11News That Matters

वातावरण संरक्षण तथा नागरिक समाज द्वारा, पेट्रोल पम्प निर्माणाधिन संरचना रोक्का गर्नका लागि अख्तियारमा निवेदन

यो समाचार शेयर गर्नुहोस्

पोखरा /  पोखरा वडा नम्वर ७ अन्तरगत पर्ने शहिदचोक जिल्ला प्रशासन कार्यालय कास्की पुर्व तर्फ रहेको प्रदेस प्रहरि कार्यालयको जग्गामा रहेको  पुरानो भवन भत्काइ सोही स्थानमा  निर्माणाधीन  पेट्रोल पम्प सुरक्षाको दृष्टिकोणले जोखिमपुर्ण रहेको उल्लेख गर्दै सो कार्यलाइ रोक्का गराइ पाउ भनि वातावरण संरक्षणका लागि महाअभियान सँयोजक राम वहादुर पौडेल  साथै नागरिक समाज कास्की सँयोजक नरेन्द्रमान लालचनको सयुक्त हस्ताक्षर सहितको पत्र वातावरण संरक्षण तथा नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरालाई भाद्र १० गते सोमवार बुझाएको छ।

पत्रमा पोखरा महानगर पालिका ,जिल्ला प्रशासन कार्यालय कास्कि, प्रदेस प्रहरी  कार्यालय गण्डकी प्रदेस पोखरा लाई समेत बोधार्थ गराइएको उल्लेख  छ। 

यसभन्दा पहिला पेट्रोल पम्पको भवन बन्ने जानकारी प्राप्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय प्रमुख भरतमणि पाण्डे,महानगर पालिका प्रमुख मेयर धनराज आचार्य साथै पोखरा भ्रमणको क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा आउनु भएका गृहसचिव एकनारायण अर्याल  समेतलाइ प्रत्यक्ष भेटवार्ता गरि मौफिक रुपमा गम्भीर ध्यानाकर्षण गराइएकोमा त्यसको कुनै सुनुवाइ  नभएको हुदा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा रोक्का गराइ पाउ भनि निवेदन दिएको सँयोजक राम वहादुर पौडेलले वताए। 

 वातावरणिय प्रभाव मुल्यांकन लगायत स्थानीय स्तरमा गर्नुपर्ने आवस्यक कानुनी प्रक्रिया नै पुरा नगरि धमाधम सँरचना निर्माण कार्य भइरहेको हुदा अविलम्ब रोक्का गरि आमनागरिक लाई सम्भावित जोखिम बाट सुरक्षित रहने व्यवस्था मिलाइ दिन पनि पत्रमा उल्लेख गरिएको छ। सयोजक पौडेलले निर्माणाधिन पेट्रोल पम्प देखि करिब  ५० मिटरको दुरि दक्षिणमा नेपाल राष्ट्र बैक कार्यालय क्षेत्र रहेको हुदा यस्तो प्रज्ज्वलनशिल पदार्थ रहेको पेट्रोल पम्प यसरी राख्नु वातावरणमा गम्भीर असर पर्नुका साथै  खतरा हुनसक्ने वताए।

प्रतिकृया दिनुहोस