सन्मानित संसदमै बोल्नेक्रममा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाइ नेकपा माओवादीले कार्वाही गर्ने चेतावनी दिएको छ। यस भन्दा अघि बिच बाटोमा छाडेको क्रान्ति सफल गर्न आफुहरु लागेको र आफ्नो पाटि जनयुद्ध २ को तयारीमा रहेको जनाउदै शुक्रबार महासचिव गौरबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनयुद्धले मुख्य कुरा पुरा गर्न नसके पनि धेरै कुरा हासिल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सन्मानित तथा मर्यादित भनिएको सँसदमा भट्टराई बोलेको शब्द संविधान विपरीत मात्र नभएर जनयुद्धको अपमान भएको गौरवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।




महासचिव गौरवले भट्टराईलाइ सार्वजानिक रुपमा माफी माग्न विज्ञप्ति मार्फत निर्देश दिएका छन् । सार्वजानिक रुपमा माफी नमागेमा भट्टराईलाइ जनकार्वाही गरिने साथै निर्वाचन क्षेत्र तथा जिल्ला प्रवेसमा समेत रोक लगाउने चेतावनि सहित विज्ञप्तिमा उल्लेख छ ।
बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गर्दा एमाले सचिव भट्टराईले माओवादीको १० वर्षे आन्दोलन हिंसा नै भएको पटक–पटक दोहोर्याएका थिए ।





















