Sunday, March 23News That Matters

राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा जनतासंगै

यो समाचार शेयर गर्नुहोस्

पोखरा , सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ । 

‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ । 

राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए ।
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरण सँग भेटघाट सम्वाद गर्दै हस्तमिलन गर्नुभएको थियो।

सो क्रममा सर्वसाधरणहरूले राष्ट्रपति पौडेल सग हजारौं नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन र अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।


सो क्रममा राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको रक्षा गर्न र प्रतिफल  नेपाली जनता सम्म पुर्याउनका लागि आफूले असल शासन स्थापित गर्दै नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको देस अर्थ अस्थिरता तर्फ जान लागेको गुनासो गरेका थिए।

प्रतिकृया दिनुहोस