Monday, July 14News That Matters

कात्तिकमा महिला फुटबल महाकुम्भ ,नेपालले भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने

यो समाचार शेयर गर्नुहोस्

पोखरा , नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ।

उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ। समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। समूह चरणमा ९ र २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन्।

फोटो:-सामाजिक संजाल

नेपालमा लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागिएको हो। दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ। नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको लगातार तेस्रो पटक हो। नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा साफको पाँचौं संस्करण आयोजना गरेको थियो।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन। यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो।

२०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो। पछिल्लो पटक काठमाडौंमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। २०२२ मा बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई हराएको थियो।

साफ च्याम्पियनसिपमा नेपालको खेल:-

कात्तिक २ गते भुटानसँग कात्तिक ५ गते माल्दिभ्ससँग , कात्तिक ८ गते श्रीलंकासँग रहेको छ ।

फोटो:-सामाजिक संजाल

प्रतिकृया दिनुहोस