गण्डकी प्रदेसमा काङ्ग्रेस एमाले बिच मन्त्री बाडफाडमा सहमति भएको २४ घण्टा वित्न नपाउदै खैलाबैला मच्चिन थालेको छ।
नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश केसीको मनोनयन संगै एमाले भित्रको असन्तुष्टि पार्टी भित्रै चुलिएर सार्बजनिक भएको छ। राप्रपाको राजनीति गरेर २०७४ मा एमाले प्रवेश गरेका केसीलाई समानुपातिक सांसद, समितिको सभापति र हाल मालदार अर्थात धेरै बजेट चलाउन पाउने मानिने भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि एमाले सांसदहरु असन्तुष्ट मात्रै हैन सिङ्गो पार्टी भित्रै खैलाबैला मच्चिन थालेको छ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा केसीलाई पार्टीको र सरकारको बिभिन्न पदमा लागिएको भन्दै सांसदहरुले उनको आलोचना गर्न थालेका छन ।
केसि लाई यति हतारमा मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रिजल्ट निकाल्न सक्ने सांसदहरु हुदा हुँदै हिजो विगत बर्षौ देखि पार्टी अध्यक्ष संग सगै राजनीति गर्दै आएका मनाङ जिल्ला इञ्चार्ज पार्टीका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर २ ख मा भुमिगत राजनिती गरेर आएका शक्तिशाली उमेदवार विश्वप्रकास लामि छाने जस्तो नेतालाइ पराजय गरेर विजय प्राप्त गरेका भिम कार्कि जस्तालाइ पाखा लगाएर अस्ति भर्खर पार्टीमा माथिल्लो तहमा खासै जिम्मेवारी नभएका एमालेमा खासै राजनीतिक इतिहास नभएका प्रकाश केसिलाइ यसरी महत्त्वपूर्ण भौतिक तथा यातायात मन्त्रालय दिनु भनेको सिङ्गो पार्टी पद्धति माथि खिल्ली उडाउनु हो भन्दै एमालेका एक नेताले पिडायुक्त आक्रोश पोख्दै ।दलका जिम्मेवार नेताबाट यस्तो होला ।यो अवस्था बन्ला भन्ने सोचेकै थिएनौं । पार्टीमा योगदान दिएका साथीहरुलाई मन्त्री बनाउनु होला लागेको थियो। एक सांसदले भने तर त्यस्तो भएन मन्त्री छनोटको मापदण्ड आगामी संसदीय दलको बैठकमा माग्छौं । दलका नेताले यसको जवाफ दिनुपर्छ ।
‘पहिले रोलक्रम मिचेर सामानुपातिक सांसद बनाउनु भयो । चुनावमा सहयोग गरेको र नेताहरुसँग निकट भएकै कारण अहिले मन्त्री बनाइयो। मन्त्रीका आकांक्षी एक एमाले सांसदले भने ।

उनले भने हुन त हरेक सांसद मन्त्री बन्न सक्छन् । तर पार्टी नेतृत्वले क्षमता, दक्षता र योगदानलाई हेरेर मन्त्री बनाउने हो। उनले अगाडि भने, उहाँ मन्त्री हुने चर्चा त थियो, तर खगराज माननीयले विवेक पुर्याउनुहुन्छ भन्नेमा हामी ढुक्क थियौ,उहाँले आफै माथि नैतिकताको प्रश्न उठ्ने गरि अगाडि बढ्नु भयो ।
एमालेका पोलिट्ब्यूरो सदस्य लीलबहादुर थापाले पनि पार्टीमा गुट र विकृति मौलाएको टिप्पणी गरे ।मन्त्रीहरुको अनुहार हेर्दा खसआर्यको बश्चर्व देखिएको तर समावेशी सिद्धान्तलाई भने ख्याल गरेको देखिएन भन्दै असन्तुष्टि प्रकट गरे।

एमाले स्रोतका अनुसार लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीति गरेका गण्डकी प्रदेशका नबनियुक्त मन्त्री केसी २०५४ देखि २०५८ सालसम्म पोखराको नगर परिषद सदस्य थिए ।

राजा ज्ञानेन्द्र शाहको शासनकालमा तत्कालीन पोखरा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा मनोनित भएर उनले काम गरेका थिए उनि २०७१ मा राप्रपाबाट नै खाद्य संस्थानको अध्यक्ष भएका थिए । उनी २०७४ सालमा मात्रै एमालेमा प्रवेश गरेका थिए।
सस्तोमा सस्तो भनेजस्तो | Zero KM Chowk, Pokhara , 400,600,900,1000 RUPAIYA ONLY