Sunday, March 23News That Matters

बस एम्बुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना

यो समाचार शेयर गर्नुहोस्

बुधबार १९/कुस्मा पर्वत वाग्लुङ सडक खण्डमा  सवारी दुर्घटना भएको छ। जलजला गाउपालिका ७ धाइरिङ बाट बिमारी लिएर पोखरा तर्फ आउदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र नारायणघाट बाट वाग्लुङ तर्फ जादै गरेको बा प्र० ६ – ००१-ख -०३०० नम्बरको वस कुस्मा नगरपालिका २  अर्मदि घुम्तीमा बुधबार करिव ३ बजेे एक आपसमा ठक्कर खादा दुर्घटना भएको छ।

पर्वत कुस्मा प्रहरिका अनुसार एम्बुलेन्स सवार ३ जना  घाइते भएका छन्। घाइते मध्ये कुस्मा नपा वडा नम्वर १ पाङ्दि बस्ने  बर्ष ४५  भगवती क्षेत्री गम्भीर घाइते सोही ठेगाना भएकि  बर्ष ४९ केसरी अधिकारी बर्ष ५२ गिता कुमारि क्षेत्रि घाइते भएको  प्रहरीले जनाएको छ।  

आफन्तका अनुसार गम्भीर  घाइते भगवती क्षेत्रि र केसरि अधिकारिको को मणिपाल अस्पतालमा उपचार भइ रहेको छ भने, गिता कुमारी क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ।

। वसमा सवार यात्रु सकुशल रहेको र दुर्घटनाको कारण अझै नखुलेको, दुर्घटना बारे थप अनुसन्धान भइ रहेको कुस्मा  प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस