पोखरा – १७ छोरेपाटन देखि विरौटा तर्फ आउदै गरेको ग १५ प ३२१ नम्बरको एनएस मोटरसाइकल मङ्लवार राति करिव १२.१५ बजे अनियन्त्रित भई सडक डिभाईडरमा ठक्कर खाएपछि बिजुलिको पोलमा ठोक्किन गई दुर्घटना भएको छ।
कास्की ट्राफिक प्रहरिका अनुसार दुर्घटनामा मोटरसाईकल चालक पर्वत कुस्मा नगरपालिका १४ घर भै हाल पोखरा १७ बस्ने बर्ष २० का विश्वास विक गम्भीर घाईते भइ गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ ।
मोटरसाईकल पछाडि सवार पर्वत फलेवास मुड्का घर भई हाल पोखरा १० राम वजार बस्ने बर्ष २० का सुभाष विकको बायाँ हात खुट्टामा चोट लागि उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ भने , दुर्घटना भएको सवारी बैदाम प्रहरिको नियन्त्रणमा रहेको र दुर्घटना बारे थप अनुसन्धान भैरहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस
