नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखराको फ्रेन्चाइज नेपाल टि ट्वान्टी प्रा.लिले ३ करोड ५७ लाख रुपैयाँमा खरिद गरेको छ। यो रकम एनपिएलमा फ्रेन्चाइजको मूल्य निर्धारणको शीर्ष स्थानमा रहेको छ।
काठमाडौंको फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन प्रा.लिले प्राप्त गरेको छ।
चितवनको फ्रेन्चाइज चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा प्राप्त गरेको छ।
विराटनगरको फ्रेन्चाइज एम ए डी ड्रिम स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा खरिद गरेको छ।
लुम्बिनीको फ्रेन्चाइज फर्चुन हेल्थ कियरले १ करोड ७६ लाख ४ हजार रुपैयाँमा प्राप्त गरेको छ।
जनकपुरको फ्रेन्चाइज ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँमा प्राप्त गरेको छ।
कर्णालीको फ्रेन्चाइज हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको छ।
सुदुरपश्चिमको फ्रेन्चाइज इम्पियर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा प्राप्त गरेको छ।
एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिकृया दिनुहोस
