पोखरा
शुक्रबार गण्डकी प्रदेसका विभिन्न ठाउमा बाढि पहिरोकै कारण विभिन्न ठाउमा सडक अवरुद्ध भएको गण्डकी प्रदेस ट्राफिक कार्यालयले जनाएको छ।

महिला हरुको महान् चाड हरितालिका तिजको बेला आम नागरिक एकठाउ बाट अर्को ठाउमा आवतजावत गर्दा बर्षाको कारण बाडि पहिरो गई सडकअरु भत्किएकै कारण कसैले पनि यात्राम अलपत्र पर्न नपरोस् भन्नका लागि गण्डकी प्रदेस ट्राफिक प्रहरिले सुचना जारि गरेको छ।
बिहिवार २० गते गएराति बर्षाको कारण गण्डकी प्रदेशमा विभिन्न ठाउमा पहिरो गई केही ठाउमा रहेका सडक अबरोध भएका छन ।
कास्की जिल्ला स्थित अन्नपुर्ण गाउपालिका १० धिचुक स्थित नयाँपुल-घान्द्रुक भित्री सडकखण्डमा पहिरो आई बाटो अबरोध भएको छ।

तनहुँ व्यास-१२ घाँसिकुवा पोखरा-मुग्लिङ सडकखण्ड अन्तर्गत पृथ्वीराजमार्ग सडकखण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको छ।
म्याग्दी बेनी नगर पालिका ४ घुमाउने भिर बेनि-जोमसोम सडकखण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको छ।
बाग्लुङ निसिखोला गाउपालिका ४ चालाखेत बाग्लुङ-रुकुम मध्यपहाडी लोकमार्ग अन्तर्गत माथिबाट पहिरो आई बाटो अवरोध भएको छ भने सोही पालिका स्थित चाना बगर स्थित बाग्लुङ-रुकुम मध्यपहाडी लोकमार्ग अन्तर्गत खोलाले बाटो भत्काई अवरोध रहेको हुदा आवतजावत गर्न कठिनाइ छ।
म्याग्दी रघुगंगा गाउपालिका २ बैसरी स्थित बेनि-जोमसोम सडकखण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको छ।
नवलपुर पुर्व बौदिकाली गाउपालिका ३ जन्ते पहिरो स्थित कालिगण्डकी करिडोर अन्तर्गत डेढगाँउ-रामपुर सडकखण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो अवरोध भएको ।
गोरखा जिल्ला स्थित गोरखा नगरपालिका १३ पाँच किलो स्थित गोरखा आबुखेरेनी सडक खण्डमा माथिबाट पहिरो आई सडक अवरोध भएको ।
नवलपुर पुर्व बुलिङटार गाउपालिका १ मते डाँडा स्थित कालिगण्डकी करिडोर अन्तर्गत लेदो सहितको पहिरो आई बाटो अवरोध भएको ।
सोही जिल्ला पुर्व गैडाकोट नगर पालिका ३ हिउदे खोला स्थित कालिगण्डकी करिडोर अन्तर्गत माथिबाट लेदो सहितको पहिरो आई बाटो अवरोध भएको गण्डकी प्रदेस ट्राफिक प्रहरीले जनाएको छ।
साथ एक ठाउँ बाट अर्को ठाउमा यात्रा गर्दा नजिकको प्रहरी कार्यालय तथा १०० वा १०३ मा जानकारी लिएर समेत यात्रा गर्न आम यात्रुवर्गमा अनुरोध गरेको छ।