पोखरा
पोखराकी सजना तिवारी टिकटक र रील्समा भाइरल भएकी छन्, कारण हो, उनले आफ्नो ढाडभरि खोपेको भगवानको ट्याटु।

सजनाले ट्याटु दुई वर्ष अगाडि खोपेको र यसमा लगभग डेढ लाख खर्च भएको बताइन्।
भाइरल भएपछि सजना अचम्मित छिन् र शुभेच्छुकहरूको फोन र म्यासेजको चापले व्यस्त छिन्। यसलाई भाइरल हुनकै लागि गरेको भन्ने प्रश्नमा उनले भने, “म आध्यात्मिक व्यक्तित्वको हुँ र भगवानप्रति पूर्ण विश्वास छ। भगवान शिव र हनुमानजी मलाई मनपर्छ, त्यसैले ट्याटु खोपेको हुँ।”
सजना आफ्नै संगी स्वस्तिका भट्टराईले टिकटकमा अपलोड गरेको ढाडको ट्याटुको भिडियोले लाखौँ भ्यूज पाएको छ र भाइरल बनेको छ। उनले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने, दुवै हातमा विभिन्न आकृतिका ट्याटु छन्।

ट्याटु खोप्दा निकै दुख झेल्नुपरेको र एक महिना धेरै केयर गर्नुपरेको अनुभव सुनाइन्।

सामाजिक सञ्जालमा आएको प्रतिक्रियामा सजना कुनै फरक नपार्ने बताउँछिन् र पारिवारिक रूपमा पनि ट्याटुको कारण कुनै समस्या नपरेको बताउँछिन्। “मेरो परिवारले पूरा सपोर्ट गरेको छ,” उनी थप्छिन्।