देसमा जैले पनि दसकौ देखि नेपाली जनतालाई सपना नै सपना बाडेर यहाँ सम्मकि ,जो सग जे छैन त्यहि दिन्छौ भन्दै नेपालमा कहिले कुन नामले कहिले कुन नामले विभिन्न नामलिएर पाटि र नेताहरु जनताको घर घर खेत खलिहाना गोठ वारि जहातहि पुगेर कहिले व्यवस्था फाल्न त कहिले राजसँस्था फाल्न त कहिले सविधानसभाको चुनाव गर्न त कहिले सँघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन आम नेपालि जनताको साथ चाहियो भन्दै हिडे । आजका दिन सम्ममा आइपुग्दा अनगिन्ती हजारौ नेपाली जनता सहिद भए वेपत्ता भए घाइते भए सँघिय लोकतान्त्रिक गणतन्त्र आयो तर जनताका लागि आयो गयो आएर नि के पो भयो भनेजस्तो अवस्था रह्यो । प्रजातन्त्र आयो सुधारिएको पञ्चायति व्यवस्था पनि आयो ।सम्वैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र आयो । सँघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आयो तर जति व्यवस्था आए पनि सत्तामा उहीँ हिजो जो थिए उनै उनै पुग्न थाले । जसरि भएपनि साम दाम दण्ड भेद भनेजस्तो गरि कहिले व्यवस्था कहिले शासक कहिले निति ऐन कानुन फेरेरै भएपनि कि आफै जानू पर्ने कि आफ्नै लाइ पुर्याउनु पर्ने यस्तो सँस्कारि परम्परा बस्न थाल्यो कि त्यो परम्परा लाइ तोड्न अझै पनि नेपालि जनताले सकिरहेका छैनन्। जसले गर्दा देसमा भ्रष्टाचार अनियमितता ढिलासुस्ति मात्रै हैन तस्करिले समेत यति जरा गाड्यो कि न त्यो जरा काट्नै सकिने न उखेल्नै सकिने अवस्था सृजना भयो।
जसले गर्दा नेताहरुले लाजै नमानि भ्रष्टाचारको पाँच बर्षे हदम्याद तोक्न र ऐन कानुन निति नै बनाउने सम्मको आट गर्न पुगे। यहाँ सम्मकि देसमा कानुन नै छैन भएपनि केही ठुला भनिएका दल र तिनका नेताहरुले आ आफ्नै हातमा छ जस्तो गर्न थाले। त्यती मात्रै हो र हिजो गरिएको लोडसेडिङको पीडा नेपालि जनताले कहाँ बिर्सिएका छन् र अनि सर्वसाधारण जनताको घरमा समयमा वत्तिको विल नबुझाएको भनेर वत्ति काटेको कहा बिर्सिएका छन् र राज्यलाइ कर राजस्व बुझाउदा एकदिन पनि ढिला भयो भने कर जरिवाना हर्जाना चरम् प्रतिसत लगाएर ढाडै सेकिने गरि लगाएको कर कहाँ भुलेका छन् र आज तिनै हिजो देसको शक्ती नै जनता हुन् भन्ने नेताहरुले आज आएर तिनै जनताकै अगाडि लाजै नमानि कहिले उध्योगि व्यापारिले वत्तिको पैसा तिर्नु पर्दैन भन्ने कहिले एनसिल जस्तो लाई मनोमानि ढङ्गले राजस्वमा छुट गरिदिने भन्ने ठाडो आदेस र निर्देसन गरि दिने भनेपछि अनि जनता आक्रोस हुदैनन् त ? अनि जनता अराजक बन्दैनन त ?
अझ उल्टै यिनलाइ ठिक पार्नु पर्छ भनेर पाँच पाँच पटक प्रधानमन्त्रि जस्तो पदमा बसेका ठुलो पाटिका मात्रै हो र लोकतन्त्रकै मसिहा हु भन्ने नेताले यस्तो कुरा हजारौं जनताको बिचमा भन्ने। पहिला त यतिकुरा बुझ्नु पर्यो कि हिजो फुलमाला अबिर लगाऊदै जिन्दावादको नारा लगाउदै अघिपछि लागेका जनताले यसरी सडकमा देख्ने वित्तिकै यस्तो कार्यक्रममा आएर किन विरोध गरे हामी बाट कहिले देखि कहाँ गल्ति भयो भनेर बुझ्न नखोज्ने उल्टै जनतालाइ सँस्कारहिन भन्ने यिनलाई ठिक पार्छु यिनलाई ठिक पार्नु पर्छ भन्दै कुर्लने यहि हो त लोकतन्त्र यसैलाइ लोकतन्त्र भनिन्छ अब जनताले सडकबाटै प्रस्न गर्ने बेला आएको छ।
ए नेताज्यु हिजो जस्तो बीउ लगायो त्यहि फल्छ भन्ने सोच्नु पर्ने हैन, के हिजो तपाईं हरुलेनै कहिले व्यवस्था कहिले शासक परिवर्तन गर्न का लागि हामी नेपालि जनतालाइ कहिले जनयुद्द गर्न कहिले जनआन्दोलन गर्न सडकमा टायर बाल्न बन्द हडताल चक्काजाम आगजनी गर्न सिकाएको हैन र यसको जवाफ छ तपाइ हरु सग अब यसको जवाफ ठुला भनिएका सबै दलका नेताहरुले दिनु पर्छ। के नेपालि जनताले यस्तै अवस्था भोग्न यहि दिन देख्न र ब्यहोर्नकै लागि रगत बगाएका हुन् त? अब नेपालि जनताले ठुला भनिएका राजनितिक इतिहास बोकेका भनिएका दल र राजनितिमै जिवन ब्यतित गरेका होउ भन्ने यो वा त्यो नभनि सबै नेताहरु सग जहाँ देख्यो त्यहि बाट सोध्ने छन् ए नेताज्यु के गर्यौ ७४ बर्षसम्म, के गर्यौ ३४ बर्षसम्म , के गर्यौ ३० बर्षसम्म , के गर्यौ १७ बर्षसम्म के गर्यौ आजसम्म अबता अलिकति लाज मान्ने कि भन्दै प्रस्न गर्नेछन्। जनता उकुसमुकुस जीवन बाचेका छने त्यसैले नेताहरुसग जवाफ माग्ने बेला आएको छ।। त्यति मात्रै हैन अब के गर्यौ कोहि पाच पटक, चार पटक, तीन पटक ,दुई पटक ,एक पटक, पटकपटक प्रधानमन्त्री मन्त्री भएर के गर्यौ भन्दै जनता सडकमै निस्कने बेला आएको छ। बरु अब नेपालि जनता सडकमा निस्केर ठुला भनिएका राजनिक इतिहास बोकेका भनिएका लोकतन्त्र हिमायती होउ भन्ने नेताहरुलाइ यतिका बर्षसम्म राजनितिमा लागेर शासन सत्तामा रहेर के गरेनौ ।देसमा भएका उध्योग कलकारखाना मात्रै बेचेनौ ति भएका जग्गा पनि बेच्यौ । भ्रष्टाचार लाई नेतागत, नितिगत पाटिगत, नातागत भ्रष्टचार बनायौ । त्यति मात्रै हो र एकातिर जनतालाई गुमराहमा राखेर बर्षौदेखि पाटि बिचार सिद्दान्त भन्द कार्यकर्ता र जनतालाइ भ्रम छर्दै हिड्यौ।अनि कहिले सत्ता बाहिर बस्यो कि त खुब क्रान्तिकारि लोकतन्त्रवादि प्रतिपक्ष बन्ने कहिले पाटि विचार सिद्दान्त कार्यकर्ता जनता भाडमा जाय सत्ता मात्र पाए भनेझै गरि पुर्व र पश्चिम उत्तर र दक्षिण जस्ता फरक फरक विचार भएका हरुपनि एउटै पाटि र एउटै विचारका भएजस्तो गरेर विचार माथि नै भ्रष्टचार गरेर सरकारमा पुग्यौ र कहिले दिनको बाह्र बजे कहिले रातको बाह्र बजे गला लाग्यौ अङ्कमाल गर्यौ ।
यो भन्दा लाजसर्मको कुरा अरु के हुन सक्छ। त्यतिमात्र कहाँ हो र देसमा भएको धर्म सस्कृति परम्परागत सँस्कार मान मर्यादा आदर सहित नमस्कार गर्ने अनुशासित नैतिक शिक्षालाइ विस्थापित गर्दै विध्यालाइ व्यापारमा परिणत गर्यौ। सेवामुलक स्वास्थ सेवालाइ व्यापारिकरण गर्यौ ठेक्का पट्टालाइ कमिसनकरण गर्यौ। राजनिती लाई कमाउधन्दा बनायौ। नेपाली जनतालाइ कहिले भेडाबाख्रा जस्ता त कहिले खेलौना जस्ता बनायौ र आफुु शासन सत्तामा रमायौ अकुत सम्पति कमायौ, शहकारिका नाममा जनतालाइ गुमराहमा पार्दै गयौ जसले गर्दा जनता कोहि सडकमा जल्दै ,कोहि नदिमा हाम फाल्दै त कोहिलाइ झुण्डिएर मर्न बाध्य अवस्था सृजना गर्यौ। जनतालाइ दिनहु विरोध र विलाप गर्दै सडकमा सुत्न र बस्न बाध्यकारि अवस्था ल्यायौ ।।त कोहिलाइ सडकमै पुर्यायौ कोहिलाइ भुटानि बनायौ कसैलाइ नागरिकता बेच्यौ नागरिकता मात्र हैन नेपालि जनतालाइ बेच्यौ। अझै दिनहु हजारौ नेपाली जनतालाई बेचि रा छौ। देसमा भएका नदिनाला बेच्यौ। राष्ट्रियता बेच्यौ नेपालिपन बेच्यौ, वन बेच्यौ , यहासम्मकि सरकारि जग्गा आफनै नाममा बेच्यौ । बरु भनत के बेचेनौ ।
हैन भने भन त तिमिले राजनिति बाहेक केही गरिन जिवन राजनितिमै फाले भनिरहदा हिजो चप्पल पड्काउदै राजनिति गर्न हिडेका तिमिले करोडौ अर्वौ सम्पति कहाबाट आर्जन गर्यौ ,यसको जवाफ छ तिमि सँग के तिम्रो सम्पति विवरण सार्वजनिक गरेर मेरो यति मात्रै सम्पती छ भनेर कृष्ण प्रसाद भट्टराइले जस्तै गरेर छाता र सुराहि देखाए जस्तै गरि देखाउन सक्छौ ।अब जनताले जहा देख्यो जहाँ भेट्यो यिनै र यस्ता दर्जनौ प्रस्न गर्ने छन् र भन्ने छन् ।ए नेताजि अब ता अलिकति लाज मान्ने कि भन्नेछन्। ए नेता लाज मान्ने कि ?अवता भनेर जसले जहा देख्यो त्यहि भन्नेछन्। ए नेता लाज मान्ने कि अबता ।
