Sunday, March 23News That Matters

जोसिलाई ५ दिनको म्याद थप रविलाइ पक्राउ गर्ने तयारि : दुर्गा प्रसाई पक्राउ

यो समाचार शेयर गर्नुहोस्

सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व डिआइजी छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार राति पोखरा ल्याइएको थियो। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

कास्की प्रहरीले सहकारीको रकम अपचलन गरी निजी कम्पनीमा लगानी गरेको आरोपमा १० दिनको म्याद थपको माग गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको छ।

छविलाल जोशी गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन्। संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारीबाट ठूलो रकम गोरखा मिडियामा लगिएको प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्दै उनलाई पक्राउ गरेको हो।

यसैबीच, रवि लामिछानेको गिरफ्तारीको चर्चा पनि व्यापक बनेको छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूलाई विरोधमा उत्रिन प्रेरित गरेको छ।

उनीहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा फसाउन खोजिएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा, समर्थकहरूले यदि रविलाई पक्राउ गरियो भने सिहंदरबारको गेट भत्काइदिने चेतावनीसमेत दिएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोध गर्दै ठूला दलहरूले लामिछानेलाई फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। उनीहरूले लामिछानेलाई पक्राउ गर्ने योजना एक षड्यन्त्रका रूपमा देखिएको र यसले रास्वपा पार्टीको जनसमर्थनलाई कमजोर पार्न खोजिएको दाबी गरेका छन्

रास्वपाका नेता तथा कार्यकर्ताहरूले पार्टीको लोकप्रियता बढ्दै गएकोले आगामी चुनावमा पार्टी ८४ सीटहरूसम्म पुग्ने सम्भावनालाई देखेर मुख्य दलहरूले षड्यन्त्र रचिरहेको बताउँदै, यस्तो दिवास्वप्न नदेख्न चेतावनी दिएका छन्।

यसै बीच, सहकारी पीडितहरूले पनि त्यही स्थानमा विरोध प्रदर्शन गर्दै सहकारी ठगीविरुद्ध कारबाहीको माग गरेका छन्।
सहकारी पीडितहरूले पनि विरोधमा सहभागी हुँदै ठगलाई कारबाही गर्न र न्याय दिन माग गरेका छन्।

Dadagharekhabar.com

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनकै घरमा गएको थियो । घरको गेट नै नखोलेपछि भर्याङ मार्फत कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रसाईं पक्राउ परे लगत्तै सोमबार देसका केही ठाउमा प्रसाईं समर्थकले विर‍ोध जनाएका थिए भने ट्रकमा आगजनी गरेका खवर आइरहेका छन्।

रवि लामीछानेका समर्थक हरु सहिद चोकमा
प्रतिकृया दिनुहोस