Friday, April 17News That Matters

पोखरामा पहिलो ऐतिहासिक पर्वतीय दौड प्रतियोगिता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पहिलो पटक पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता २७ सेप्टेम्बरमा हुनेछ, जसको आयोजना पोखरा क्लिक प्रालिले गरेको हो। दौड प्रतियोगिता १२ असोजमा आयोजना हुने जानकारी दिइएको छ।

प्रतियोगिता विश्व शान्ति स्तूपबाट सुरु भई वडा नं. २२ मा रहेको बुद्ध पार्कमा पुगेर समाप्त हुनेछ। दौड ८ किलोमिटरको दूरीमा हुनेछ। विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ, र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

पोखरामा यो पहिलो पटक आयोजना हुन लागेको पर्वतीय दौडले पर्यटकहरूमा उत्साह जगाउने

पोखरामा यो पहिलो पटक आयोजना हुन लागेको पर्वतीय दौडले पर्यटकहरूमा उत्साह जगाउने र पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस