Sunday, March 23News That Matters

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा : टिकटमा २५% छुट : पर्वतिय सङ्ग्रालय

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शुक्रवार /पोखरा महानगरपालिका १७ रातो पहिरो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवसलाई महोत्सवको रुपमा मनाउने भएको छ ।
संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आज शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

सङ्ग्रालय कार्यकारिणि निर्मला न्यौपानेका अनुसार आज शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिल‍ो व्यक्ति वा समूहलाई स्वागत सहित निशुल्क प्रवेस गराइनेछ। भने पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला रहने छ ।

पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्नेछ ।
कार्यकारिणि न्यौपानेका अनुसार अहिलेसम्म सार्वजनिक नगरिएका फ‍ोटाहरु साथै तस्बिर हरु जुन रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका तिनै ४० फोटाहरु साथै नेपालको हिमाल र हिमाली क्षेत्रमा उनले खिचेका तस्बिरहरु समेत प्रदर्सनिमा रहनेछन्। प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहनेछन् ।

साथै रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ।
गत वर्ष मात्रै सङ्ग्रालयमा १ लाख ९८ हजार जनाले अवलोकन गरेका छन् ,भने १ सय ५ देसका नागरिकले भ्रमण गरिसकेका छन्।

प्रतिकृया दिनुहोस