कास्कीमा जन्मिएर सघर्ष र जनयुद्धले हुर्काएकी प्रविणा अधिकारिले अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्ष पदमा उम्मेदवारी दिएकि छन्
प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।




कास्कीको माछापुच्छ्रे तत्कालिन अवस्थामा जनयुद्ध शुरु भएसगै माओवादीको आधार इलाका थियो । त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। उनको घरलाइ सेल्टर बनाइएको थियोे भने उनको घरमा तत्कालीन योद्धा हरुका माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे । जसले गर्दा उनी सानै उमेरमा पनि माओवाद विचार धार बाट प्रभावित हुँदै गइन।

त्यतिबेला उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् नयाँहरु कुरा खोज्ने उनको स्वभाव थियो । मध्य रातमा घण्टौ हुने छलफलहरु बिस्तारामा पल्टेर सुन्थिन् । कहिलेकाँही कुरा सुन्दा सुन्दै छर्लङ्ग उज्यालो भएको थाहै हुदैनथ्यो उनले भन्ने गर्छिन। बिहान अनिदो आँखा मिच्दै स्कुल पढ्न जान्थिन् । महिला आन्दोलन, वर्गसंघर्ष, समानता जस्ता शब्दको वास्तविक अर्थ उनले आफ्नै घरबाट सिकिन्।
बुवा जनयुद्धको सुरुवात सँगै युद्धमा होमिनु भयो।आमा पनि माओवादीकै महिला संगठनमा लाग्नु भयो। २०५७ साल जेठमा उनको घरमा तत्कालीन सत्ता र माओवादी कार्यकर्ताको दोहोरो भिडन्त भयो। बुबालाई सेनाले पक्रेर बेपत्ता बनायो।बुबालाई खोज्ने क्रममा केही महिना आमा पनि हराउनु भयो। घरमा साना दुई दिदी बैनी मात्रै ।प्रतिकुल परिस्थितिमा गाउँमा एक्लै संघर्ष गरेर पढेर प्रबिनाको राजनीति सगसगै ब्यक्तित्व समेत खारिदै गयो। परिवर्तनका लागि सिंगो परिवार जनयुद्धमा होमिएको थियो।
प्रबिना अधिकारी सानै उमेर देखि अखिल ( क्रान्तिकारी ) मा रहेर काम गर्न थालीन् जनयुद्ध उत्कर्षको बेला उनी सानै थिइन् ।सानै भए पनि विभिन्न कार्यक्रमहरुमा भागलिने सेन्ट्री बस्ने गर्थिन् । उनले दु:ख गरेर अंग्रेजी साहित्यमा स्नातकोत्तर र कानुन र राजनीति सास्त्रमा स्नातक गरिन्। विद्यार्थीको हकहितको लागि सधैं अग्रमोर्चा अग्रसर प्रविना अलपत्र र समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न अहोरात्र लाग्ने गर्थिन् ।
अनेरास्ववियु क्रान्तिकारीको प्रारम्भिक कमिटि देखि, क्षेत्रीय कमीटी, जिल्ला कमिटी, हुदै केन्द्रिय कमिटीमा संगठित हुँदै हाल उनि केन्द्रिय उपाध्यक्ष छिन। उनलेे अहिले हुँदै गरेको २३औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेद्बारीमा दिएकी छन् । उनमा जुन जोस साहस जागर र आट छ पक्कै पनि उनले बिध्यार्थिको हक हितका लागि लड्नेछिन् र न्याय गर्नेछिन् भन्नेमा विध्यार्थि पङ्तिमा समेत विश्वास रहेको पाइन्छ। उनले अध्यक्ष पदका लागि उमेदवार घोषणा गरेसगै उनलाई विभिन्न माध्यम बाट तथा सामाजिक सञ्जालमा अग्रिम बधाई तथा शुभकामना दिने हरुको ओइरो लाग्न थालेको छ।





















