Friday, March 28News That Matters

अस‍ोज १६ गते सभागृहमा चर्चित गायक जीवन सर्माका क्रान्तिकारी गित प्रस्तुत हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा

देशभर व्याप्त बेथिति, विसंगति, भ्रष्टाचार, राष्ट्रघात, र महँगीविरुद्ध पोखरामा रक्तिम सांस्कृतिक अभियानले जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ।


सांस्कृतिक जागरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०८१ असोज १६ गते पोखरा सभागृहमा कार्यक्रम गरिने भएको हो। “उक्त कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ” भने रक्तिम परिवार र सामना परिवारका कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्, ।
सो कुरा पोखरामा शुक्रबार आय‍ोजित पत्रकार भेटघाट कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जानकारी दिएको छ।

सोही अवसरमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले सांगीतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण सांस्कृतिक प्रेमीहरूसँग अपिल गरेका छन्।
२०८१ भदौ २८ गते जारी गरिएको अपिलमा शर्माले भनेका छन्, “देश संकटमा छ, श्रमजीवी जनता दुःखमा डुबिरहेका छन्। यस अवस्थामा हामी मूकदर्शक भएर बस्न सक्दैनौं। देश र जनताको घाउमा सांगीतिक कार्यक्रम मार्फत मलम लगाउनु आफुहरुको पनि दायित्व रहेको उनले वताए

सोहिक्रममा उनले थपेका छन्, “रक्तिम सांस्कृतिक अभियानले सधैं राजनीतिक र सामाजिक परिवर्तनका लागि गीत-संगीत र कला-साहित्यलाई माध्यम बनाउँदै आएको जानकारी गराउदै
२०४३ सालदेखि रक्तिमले हरेक चुनौतीपूर्ण समयमा जनतालाई जागरूक र सशक्त बनाउन योगदान दिँदै आएको उनले बताए ।

अध्यक्ष शर्माले देशको मौलिक संस्कृति संकटमा परेको र पाश्चात्य छाडा संस्कृतिको प्रभाव बढिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता प्राप्त उपलब्धिहरूलाई जोगाउन सांस्कृतिक अभियानलाई सशक्त पार्नुपर्ने आवश्यकता लाइ औंल्याए।

कार्यक्रमको मुख्य उद्देश्य देशभर फैलिएको भ्रष्टाचार, अनियमितता, महँगी, बेरोजगारी, र राष्ट्रघातको विरुद्ध जनतामा सांस्कृतिक जागरण ल्याउनु रहेको छ। शर्माले भनेका छन्, “राजनीतिक परिवर्तनको कार्यभार अझै पूरा भएको छैन। अब वैज्ञानिक समाजवादतर्फको मार्गदर्शन गर्ने क्रान्तिकारी शक्तिलाई सघाउनु रक्तिमको कर्तव्य रहेको वताए।

सोही अवसरमा यो जनसांस्कृतिक कार्यक्रम सबैको साझा कार्यक्रम रहेको जनाउदै अभियान लाई सफल बनाउन शर्माले नैतिक, भौतिक, आर्थिक सहयोगका लागि सम्पुर्ण देसभक्त परिवर्तनकारि पक्षहरु समक्ष अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस