Thursday, May 1News That Matters

विन्ध्यवासिनी धार्मिक क्षेत्रबाट गरिने नवदुर्गा शोभायात्रा स्थगित

यो समाचार शेयर गर्नुहोस्

पोखरा

विन्ध्यवासिनी बाट नवदुर्गा घटस्थापनाको दिन निकालिने शोभायात्रा यस बर्ष भने स्थगित गरिएको छ।

नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विन्ध्यबासिनी मन्दिरमा आयोजना गर्ने नवदुर्गा महोत्सवको अवसरमा घटस्थापनाको दिन निकाल्दै आएको शोभायात्रा यसपटक भने स्थगित गरिएको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले जानकारी गराएको छ।


यहि असोज १७ गते गर्ने भनिएको शोभायात्रा समितिले देसैभर भएको प्राकृतिक विपदको दुःखद घडीमा देशमा नेपाल सरकार बाट राष्ट्रिय शोक घोषणा भएअनुसार समितिले आयोजना गर्दै आइ रहेको शोभायात्रा पनि यो बर्ष भने स्थगित गरिने बारे मंगलबार सूचना जारी गरेको छ।

जारि सूचनामा भनिएको छ हालै देशको विभिन्न भागमा अविरल बर्षा भई बाढी र पहिरोकै कारण देसभर अत्यन्तै दुखदायिपुर्ण जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यहि असोज १७ गते आयोजीत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध गरिएको जानकारी गराएको छ।

शोभायात्राको पूर्व तयारीमा जुटेका श्रद्धालु भक्तजन र सहयोगी संस्थाहरु लाई समेत यस राष्ट्रिय शोकको घडिमा शोभायात्रा गर्न नसक्ने जनाउ दिदै यसबाट उत्पन्न असुविधा प्रति अन्यथा नलिन पनि अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस