पोखरा



नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ। शनिबार काठमाडौंमा दोलखा समन्वय समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ।
दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समिति नेकपा माओवादी केन्द्रले शनिबार आयोजना गरेको छलफलमा उहाँले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउँदै, अब एकल प्रतिस्पर्धामा जाने तयारी गरिएको र त्यसको शुभारम्भ आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो।
विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउँदै, अब एकल प्रतिस्पर्धामा जाने तयारी गरिएको र त्यसको शुभारम्भ आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो।
उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै आगामी निर्वाचनमा एक्लै विजयी हुने गरी देशभर अभियान थाल्ने बताउनुभयो।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार, जनताले माओवादीप्रति देखाएको विश्वास, आशा, र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचनमा एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको जानकारी दिँदै, उहाँले जनताको सेवा गर्न सरकारमा रहनु वा नरहनुले अर्थ नराख्ने उल्लेख गर्नुभयो। देशमा आइपर्ने कुनै पनि प्रकोप तथा प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको पनि उहाँले बताउनुभयो।
सोही अवसरमा समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता-कार्यकर्तालाई आग्रह गर्दै, अध्यक्ष प्रचण्डले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेताहरूले जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको बताउनुभयो। उहाँले जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र नभई जनताको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि पार्टीको मुख्य नीति रहेको बताउनुभयो।
जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास बढ्दै गएको बताउँदै, भूकम्पको समयमा होस् वा संविधान निर्माण र कार्यान्वयनमा, सत्तापक्ष र विपक्षको विभेद नगरिकन राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको उहाँले बताउनुभयो।





















