
शिवराज वस्ताकोटी (शिवदाई)
देसैभर बिशेष गरेर राजधानी लगायत विभिन्न ठाउमा बाढि पहिरो आउँछ भन्ने कुरा पुर्वानुमान सङ्केत पाउँदा पाउदै पनि बाढि पहिरो दुर्घटना बाट न त सरकार बाट सुरक्षाको व्यवस्था हुन सक्यो न त आम नेपाली जनता सुरक्षित हुन सके कतै बाढि कतै पहिरो कतै सिङ्गो वस्ति नै बगायो कतै गाउ वस्तिनै पुरियो देस यस्तो पिडै पिडामा रन्थनियो कि जताततै आँसु नै आसुको बर्षा भए जस्तो आर्थिक रुपले रोइ रहेको देस फेरि पोलेमाथि फकुण्डो भनेजस्तै प्राकृतिक भौतिकरुपले पुरै रुन पर्यो। सायद यस्तो प्राकृतिक दुर्दसा नेपाली जनताले भोग्नु परेको थिएन होला कहिले राजनितीक सङ्कट कहिले आर्थिक सङ्कट कहिले भौतिक सङ्कट नेपाली जनता जहिले पनि सङ्कटै सङ्कटको घेरामा बस्न र बाच्न बाध्य छन्। तर देसका दल र नेताहरु भने एकातिर आधि अर्को तिर झोलुङ्गो भनेजस्तो गरि रहेछन् नेताहरुको मनमा देस र जनताप्रति अलिकति पनि चिन्ता देखिएन गोहिका आँसु भनेजस्तो आसु बगाएर पटक पटक जनतालाइ धोका दिदै आएका नेताहरुले देसमा आइ परेको यस्तो विपद्को घडिमा समेत गोहिका झै आसु बगाएर छाडे यहा सम्म कि के बोल्ने बोल्न हुने नहुने भन्ने कुराको ख्यालै नराखि अभिभावक जस्तोले देस पिडै पिडले छटपटाइ रहेको बेला तपाइ कहा हुनु हुन्थ्यो भन्दा भैसि दुहुन गएको थिए र भन्ने गैर जिम्मेवार अभिव्यक्तिले देसै भर एउटा चर्चा पायो चर्चा मात्रै पाएन जनताको मन मुटुमा परेको पीडा र पिडा माथि परेको गहिरो घाउ मा पेट्रल छर्कने काम भयो ।त्यसैले यतिबेला भैंसी दुहुने कुराले चर्चा पायो।। हुन पनि जब जब राष्ट्र प्रमुख हरु अन्तराष्ट्रिय भ्रमणमा जान्छन् कहिले के बिषयले चर्चा पाउछ कहिले कुन बिषयले चर्चा पाउछ । जस्तै अघिल्लो सरकार ले मुर्रा भैसिको खुबै चर्चा पाएको थियो भने यतिबेलाको सरकारले भैसि दुहुन गा को हो र भन्ने कुराले चर्चा पायो आखिर जसरी भएपनि हाम्रो देसका प्रधानमनत्रि नेताहरु खर्चका भन्दा पनि चर्चाका भोका जो छन्। खर्चको ता राष्ट्र लाई चिन्ता छ। जनतालाइ चिन्ता छ नेता मन्त्रिहरुलाइ ता चिन्ता हुने कुरै भएन। चिन्ता हुन्थ्यो भने आज सम्म ३४ बर्षसम्म आइपुग्दा यति पटक सरकार फेर्दै गर्दै गर्दा र यति धेरैजना देसको प्रधानमन्त्री हुदा अझ एउटै पात्र कोहि पाच पटक कोहि चारपटक कोहि तिनपटक प्रधानमन्त्री हुदा पनि देस यस्तो वर्वाद भइरहदा पनि कोहि सत्तामा घिक्र थापि रहने कोहि सत्ताकै लागि र्याल चुहाइ रहने यिनको पेरवृति र राज्यप्रतिको वेवास्ता देख्दा र यिनका विगतका कार्य र जिवनशैलि देख्दा देसको प्रसासन सुरक्षा सयन्त्र कति चुस्त रहेछ सरकार कति जिम्मेवार छ भन्ने कुरा नेपाली जनतालाई थाहा नभएको पनि हैन। नेपाल पछिल्लो केही बर्ष यता राजनितीक मात्रै हैन प्रकृतिक भौतिक आर्थिक रुपले पुरै सङ्कटमा छ। तर यसरी सङ्कट आउनुमा यो देसकै ठुला भनिएका दल र नेता हरु सिवाय अरु कोहि हैन भन्दा पनि फरक नपर्ला । कहिले देस विकास गर्ने नाममा सडक विस्तार गर्ने नाममा जताततै सडक सरचना बनाउने र विकास गर्ने नाममा मनोमानि ढङगले सरकारले जसरि गर्नु पर्थ्यो त्यसरी नगरि राजनितिक अभिष्ट पुरा गर्ने पाटिका कार्यकर्ता पाल्ने नियतका साथ अगाडि बढे तब देस वर्वादको शुभारम्भको घडिमा प्रवेस गरि सकेको थियो।
जसले गर्दा आज नेपालि जनताले जुन पिडा भोग्नु पर्यो यो पिडाको घाउ कहिल्यै नपुरिने घाउ भनेजस्तो भयो। पाटि बनाउने नाममा सत्तामा जाने वहानामा भत्ता पाउने चाहननमा जताततै सडकमा भएका खोला नदिनाला भिर पाखा मात्र हो र ताल तलैया मिचेर जताततै कमिसनको लालसमा अतिक्रमण लाइ महत्व दिदै नेताहरुले जुन राजनिती गरे त्यहिनै आज आएर नेपालि जनताका लागि अभिसाप भयो। केहि दििन पहिला देसैभर भएको बाढि पहिरो भनेको प्रकृति विद्रोह थियो हिजो हामिले दल र नेताहरुको उकसाहट्मा लागेर खोलाको बाटो छेक्यौ नदिको बाटो छेक्यौ ताल तलैयाको घाँटी अठ्याउने काम गर्यौ जसले गर्दा उहीँ देसमा दमन भए जनविद्रोह भए जस्तै यो घटनापनि प्रकृतिमाथि अतिक्रमण दमन गर्नुको परिणाम पनि प्रकृति बाट विद्रोह शुरु मात्रै भएको सङ्केत हो। समग्रमा भन्नु पर्दा दल र नेताहरुले सत्तामा जानकै लागि र आ -आफ्नो अभिष्ट पुरा गर्नका लागि आम सर्वसाधारण नेपालि जनतालाइ राजनिती सफलताका लागि प्रयोग गर्दागर्दै सहरमा केन्द्रित गर्दै खोलानाला ताल तलैया भिरपाखामा समेत आँखा लगाउदै सम्पुर्ण प्राकृतिक सँरचनामाथि अतिक्रमण गर्दै सम्पदा सँरचनामाथि राजनीतिक हस्तक्षेप गर्दै बस्ति बसाउने काम जब भयो तब उनिहरुको अभिष्ट पनि पूरा हुन थाल्यो।।जब जब सडकमा विरोध गर्न पर्यो उनैलाई सडकमा उतार्यो भनेझै गरि सुकुम्बासी नाम दिएर उता सत्तामा गए नोट बैक यता सुकुम्वासिमा आए भोट बैक बनाउने जुन काम गरे आज आएर प्रकृतिले आफ्नो बाटो खोज्दै गर्दा आम सर्वसाधारण नेपाली जनताको बिल्लिवाठ हुन पुग्यो यसको मुख्य जिम्मेवार पात्र अरु कोहि नभएर देसका ठुला भनिएका दल र नेताहरु नै हुन्। त्यसैले भन्नै पर्ने हुन्छ केही नेताहरु र दलका लागि दलिय राजनिति अभिष्ट त पूरा भयो होला त्यसको हजारौ गुना प्रकृति रुष्ट रहेछ भन्ने कुरा त केहिदिन पहिला देसैभर भएको विपत्तिले स्पष्ट सङ्केत गरि रहेको छ।
