Friday, March 28News That Matters

जिल्ला प्रशासन कास्की द्वारा सुरक्षा सहित दसैको एकदिन निशुल्क वस सेवा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिक सहायता कक्ष सहित १ दिने निशुल्क वस सेवा सञ्चालन गर्ने भएको छ।
चाडपर्वको समयलाइ मर्यादित तथा सुरक्षित बनाउन र आम नागरिकलाइ सहज यात्रा र सुरक्षाको अनुभुती हुनेगरि दसैक‍ो बेला जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सँघसस्था तथा सरोकार निकाय हरुसँग समन्वयन गरि सुरक्षाक‍ो व्यवस्थापन गरेको छ। यसै शिलशिलामा विभिन्न ठाउमा कढाइका साथ चेकजाँच, बजार अनुगमन सवारी चेकजाँच, सवेरै देखि साँझसम्म यात्रु सहायता कक्ष सञ्चालन गरेको छ।


अधिक जनसंख्या रहेको पोखरा महानगर पालिकामा दसैको दिन यात्रुको अधिक आवतजावत हुने चहलपहल बढ्ने तर ,अन्य दिन भन्दा सवारी कम चल्ने हुदा आम नागरिकलाइ आवतजावतमा कठिनाइ पर्न सक्ने सम्भावना लाई मध्यनजर गरि यस पटकको दसैमा यातायात सेवामा थप सहजता ल्याउनका लागि स्थानिय प्रशासन द्वारा महानगर पालिका र विभिन्न यातायात व्यवशायिसमिति तथा कम्पनि हरु सँगको सहकार्यमा पोखरा महानगर पालिका भित्रका छुट्टाछुट्टै ७ बटा रुटहरुमा बिहान ७ बजेदेखि अपरान्ह ४ बजे सम्म नि:शुल्क रुपमा १८ बटा वस सञ्चालन गरिने आज जिल्ला प्रशासन कार्यालय द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ।

दसैको दिन यसरी बिहानै ७ बजेदेखि वस सेवा सञ्चालन गर्ने जिम्मेवारी अन्तर्गत पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनी प्रालि द्वारा पृथ्वीचोक, हरिचोक, हेमजा, फेदि रुटमा पोखरा फेदि जोड्ने गरि ३ बटा वस सञ्चालन हुनेछन्।


स्थानीय यातायात कम्पनी प्रालि जिम्मेवारी अन्तर्गत क‍ोत्रे ,पृथ्वी चोक चिप्लेढुङ्गा हुदै वागलुङ बसपार्क, तनहु कास्की सिमाना, लेखनाथ हुँदै पोखरा उपत्यका जोड्ने गरि २ बटा वस सञ्चालन हुने छन् भने ,
पोखरा यातायात प्रालि अन्तर्गत रुट नम्बर १सिटि एरिया लामचौर,वगर ,महेन्द्रपुल विरौटा हुँदै छोरेपाटन ३ वटा वस सञ्चालन हुनेछन् भने, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुङ्गा हुँदै लेकसाइड रुट नम्बर २, सिटि एरिया ३ वटा वस सञ्चालन हुनेछन्।


यसैगरी काहुँखोला पृथ्वीचोक हुँदै हल्लन चोक रुट नम्बर ३मा पनि ३ वटा वस सञ्चालन हुनेछन्। पोखरा यातायातले विशेष गरि पोखराको मुख्य क्षेत्र सिटि एरियामा ९ बटा वस सञ्चालन गर्ने भएको छ।

वेगनास पोखरा यातायात प्रालि अन्तर्गत वेगनास ताल ,तालचोक,पृथ्वीचोक हुँदै वागलुङ बसपार्क रुट नम्बर १मा २ बटा वस सञ्चालन हुनेछन् ।
त्यसैगरी राजाको चौतारा,सातमुहाने ,खुदि ,हुँदै बागलुङ बसपार्क रुट नम्बर २ मा २ बटा बस सञ्चालन हुनेछन्।


दसै चाडवाडको बेलामा कोहिपनि नागरिकले महानगर पालिका भित्र यात्रा गर्दा दसै मनाउन एक ठाउँ बाट अर्को ठाउमा आवतजावत गर्न असहज परिस्थिति सृजना नहोस् , सुरक्षाको अनुभुती हुनेगरि यात्रा गर्न पाउन् भन्ने उदेस्यका साथ यातायात व्यवशायि र महानगर पालिका सग समन्वयन गरि निशुल्क एकदिने यातायात सेवा सञ्चालन गर्न लागेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत विभिन्न सरक्षा प्रमुख हरुको उपस्थिति रहेको सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय द्वारा आय‍ोजित पत्रकार भेटघाट कार्यक्रममा प्रेस न‍ोट मार्फत जानकारी गराइएको हो।

प्रतिकृया दिनुहोस