Monday, July 14News That Matters

पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई ३ दिनको म्याद थप

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सहकारी ठगि आर‍ोपमा अनुसन्धानका लागि पक्राउ परेका पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लाई कास्की जिल्ला अदालत बाट ३ दिनको म्याद थप भएको रास्वपा स्रोत बाट जानकारी प्राप्त भएको छ।


उनलाई शुक्रबार काठमाडौ बाट पक्राउ गरि राति नै पोखरा ल्याइएको थियो ।


पुर्व प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई ३ दिनको म्याद थप गर्दै शनिवार विदा भएको कारण आज आइतवार उनलाई कास्की जिल्ला अदालत पुर्याइएको थियो ।


उनलाई जिल्ला अदालतमा म्याद थप्ने खवर भएसगै पोखराको राष्ट्रबैक चोकमा सहकारी पिडित जम्मा भएका थिए भने, सहिद च‍ोकमा रास्वपाका नेता कार्यकर्ता तथा रवि पक्षधर समर्थक जम्मा भएका थिए।


कास्की प्रहरि प्रमुख श्यामबाबुको कमाण्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बल कालिकागण प्रमुख अरुण शर्माको कमाण्डमा शसस्त्र प्रहरि बलको ठुलै सख्या चौतर्फि तैनाथ गरिए थियो।

एकातिर सहकारी पिडितले रवि विरुद्ध नारा लगाइ रहेका थिए भने अर्कोतर्फ रास्वपाका नेता कार्यकर्ता तथा रवि पक्षधर र समर्थकहरुले सरकार विरुद्ध विशेष गरेर प्रधानमन्त्री विरुद्ध नारा लगाइ रहेका थिए।
आज भएको दोहोरो विरोध प्रदर्सनमा सुरक्षा निकायको बाक्लो उपस्थिति र रास्वपाका नेताहरुको सँयमित रहन आग्रह गरेको अवस्थाले गर्दा आज पोखरामा अकल्पनीय मुठभेडको खतरा टलेको प्रत्यक्षदर्सिले वताए।


समग्रमा भन्नुपर्दा आज दिनभर राष्ट्र बैकचोक शहिद चोक तनावग्रस्तनै रह्यो ।

पोखराको ताजा उपडेट
प्रतिकृया दिनुहोस