पोखरा
विश्व हिन्दु परिषद नेपाल कास्कीले पोखराको पृथ्वी चोकमा रक्तदान कार्यक्रमकोआयोजना गर्ने भएको छ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन नदिनका लागि अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था नरहोस् भन्ने उदेस्ये सहित विश्व हिन्दु परिषद् नेपाल कास्किले सोमबार पोखराको पृथ्वीचोकमा बिहान आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजित कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिने बिश्व हिन्दु परिषद नेपाल कास्की अध्यक्ष लक्ष्मण पौडेलले वताए ।
अध्यक्ष पौडेलले खुल्ला रक्तदान कार्यक्रम यहि कार्तिक १२ गते सोमवार पृथ्वी चोकमा गरिने जनाउदै यो रक्तअभाव रक्तसङ्कटको घडिमा रक्तदान गरेर पुण्य कमाउन र मानवियतालाइ जगाउन आम नागरिकमा आब्हान गरेका छन्।
पोखरामा रगतको अभाव भए सगै रगतको अभाव नहोस् कसैले रगतकै अभावले गर्दा ज्यान गुमाउनु नपरोस् भन्ने उदेस्का साथ विभिन्न सँघ सँस्था तथा सहकारीले रक्तदानको कार्यक्रमको आयोजना गरेका छन।
पोखरामा रगतको अभाव भए सगै रगतको अभाव नहोस् कसैले रगतकै अभावले गर्दा ज्यान गुमाउनु नपरोस् भन्ने उध्धेस्यका साथ विभिन्न सँघ सँस्था तथा सहकारीले रक्तदानको कार्यक्रमको आयोजना गरेका छन।
दसैँको बेला भएको हुदा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन नसक्नुले र यहि समयमा डेङ्गुको महामारी बढेकै कारण पोखरामा डेङ्गुका बिमारि ह्वात्तै बढेपछि पोखरामा रगतको माग बढेको हो।
