Friday, March 28News That Matters

उठेको प्रस्न : चिन्ता सत्ताको कि जनताको

यो समाचार शेयर गर्नुहोस्

यति बेला देसमा कर्कलाको पातमा चलबलाऐको अस्थिर पानिको फोका जस्तो राजनितीक अवस्थामा छ। जताततै नेपाली जनता मात्रै हैन स्वँय  पाटिका नेता कार्यकर्ताहरु समेत अन्यौलमा छन्, अलमलमा परि रहेछन्।

यतिबेला देस ओलि र रविकै मात्रै हैन एमाले काङ्ग्रेसको गठवन्धन सरकारको विभिन्न हथकण्डाको कानुनि वार र रास्वपाको ब्लुवार चलेको छ। सरकारले रविलाइ गिरफ्तार गरे सगै रास्वपाको आन्दोलनको रफ्तार पनि अगाडि  बढ्न थालेको छ।

रास्वपाका नेता कार्यकर्ता सडकमा निस्केर राजनितिक पुर्वाग्रहका आधारमा रविलाइ सहकारी ठगिको आरोपमा   गिरफ्तार गरेको समान न्याय कानुन नभएको भन्दै नेपालको कानुन ओलिको हातमा जनता रविको साथमा भन्दै नारा लगाउदै  रवि लाई  ओलि सरकारको सड्यन्त्र बाट नडराउन र खुट्टा नकमाउन भनी रहेका छन्।रविले पनि  यदि बाचे भने आज पक्राउ पुर्जिमा हस्ताक्षर गरेका हातले एकदिन यि पैतिस बर्षे  भ्रष्टचारिलाइ  कारवाहि गरेर आम नेपाली जनताका अगाडि आफ्नो इमानदारीता र देस र  जनताप्रतिको बफादारिता देखाएरै छाड्ने भनी रहेका छन्।

यतिबेला रास्वपाका नेता कार्यकर्ता समर्थकहरु सरकार विरुद्ध  नारा लगाउदै  ओलिकै पुत्ला दहन गराउदै घण्टि बजाउदै किन सडकमा निस्के रविलाइ सहकारिको रकम अपचलन ठगि गरेको आर‍ोपमा पक्राउ गर्यो न्यालयले सत्य तथ्य प्रमाणको आधारमा फैसला गर्छ नि, यसरी सडकमा उल्टै विरोध गर्दै रविकै पक्षमा नारा लगाउदै रास्वपाका नेता कार्यकर्ता किन  सडकमा सरकारको विरोध सहित किन निसकि रहेका छन  भन्ने यो प्रस्नले आम नेपालिको मष्तिस्कमा एउटा प्रस्न सहितको  घण्टि बजाइ रहेछ । 

यता सरकार सहकारी पिडितका लागि न्याय दिने वहानामा सहकारीको रकम अपचलनगरेको आर‍ोपमा रविलाइ गिरफ्तार गरि रहदा  आम स्वतन्त्र भावनाले उत्प्रेरित नेपालि जनताको मष्तिष्कमा  भने रविलाइ गिरफ्तार गरि रहदा सहकारी ठगिको आरोप लागेका अरुलाइ किन गिरफ्तार गर्दैन भनेर शङ्का आशङ्का सहितको  तर्क गरि रहेछन्। 

भनी रहेका छन् , जसले गर्दा अरु सहकारिमा पनि त ठगि भएको छ भन्ने एउटा अर्को प्रस्न ले जन्म लिएको छ। सहकारी पिडितलाइ यदि न्याय दिने नै हो भने सरकारले अन्य सहकारि पिडितलाइ किन नजर अन्दाज गर्दैछ कतै सरकारले बिशेष गरेर काङ्ग्रेस एमालेले  रविलाइ जेल चलान गर्ने रास्वपा लाइ टाउको उठाउनै नदिने युवाहरुमा देखिएको राजनितिक उत्साहलाइ निस्तेज पार्ने गरि षड्यन्त्रको प्रपञ्च रचेको ता हैन भन्ने शङ्काहरु उत्पन्न हुन थाली रहेका छन्।

त्यसैले आम नेपालि जनताका बिचमा उत्पन्न यो शङ्कालाइ निवारण गर्नकै लागि भएपनि आर‍ोपित अन्य दलका मन्त्री नेता माननिय हरुलाइ पनि गिरफ्तार गरेरै देखाउनु पर्ने हुन्छ।  यदि सरकारले सहकारी पिडितलाइ न्याय दिने नाममा रविलाइ मात्रै पक्रउ गरेर न्याय दिएको आभाष दिलाउन ख‍ोजेको हो भने यो राजनिती स्वार्थ र राजनितिक  पुर्वाग्रह बाहेक केही हुनै सक्दैन भन्नु पर्ने अवस्था आउन सक्छ। यदि भ‍ोलि रविले सहकारी को रकम हिनाविना गरेको प्रमाणित भयो भने ती सहकारि पिडितले न्याय पाउन सक्छन। उनको रकम फिर्ता हुन सक्छ।  भन्ने एउटा प्रस्न एकातिर उठि रहेको छ भने अर्को तिर बाकि अरु दर्जनौ सहकारी बाट भएका पिडितले पनि न्याय पाउलान् त ।ती बाकि आरोपित नेताहरुलाइ सरकारले गिरफ्तार गरेर बाकि दर्जनौ सहकारि बाट पिडित हजारौं  नेपाली जनतालाइ न्याय देला त सबै पिडितले रकम पाउलान् त। भन्ने  प्रस्नले चौतर्फि घेरा हालेको अवस्था छ।

चिन्ता देस र जनताप्रति कि  ८४  को  चुनाव ? सत्ताको या जनताको भन्नू पर्ने भएको छ। जे ह‍ोस् ७८/ ७९  का जस्ता ८१ का जनता छैनन् । जनतामा जनताको सोच र जागरण र चेतनामा यति धेरै परिवर्तन आएको छ कि  ८४  को चुनावमा मतदान द्वारा  अहिले सत्ताको  नैनासुतमा  सुतेका नेता हरुलाइ  चिसो भुइमा सुताइ दिनेछन् ।

आम नेपालिले सहकारि प्रति गरेको विश्वास यसरी टुट्यो कि आगामि दिनमा हिजोको अवस्थामा ल्याउन ता नसकिएला तर सहकारी पिडितले न्याय पाउनु पर्छ सहकारी ठगिमा मुछिएका जो कोहिले पनि उन्मुक्ति पाउनु हुदैन दलहरुले त्यस्ता कुनैपनि पात्रलाइ सँरक्षण दिनु पनि हुदैन। यदि त्यसो भयो भने नेपाली जनताले दलहरुप्रती गरेको विश्वास  स्थापित रहला नत्र दलहरुको साख  सदाका लागि समाप्त भएर जाने निश्चित छ। एकासि काटेपछि चौरासि नआउने ता कुरै भएन।

त्यसैले यतिबेला सरकार र दलहरुमा  देखिएको चिन्तन र प्रवृतिले गर्दा जनता रुष्ट छन् हरेक जनतामा एउटा प्रस्नले जागरण ल्याएको छ र  प्रस्न दल र नेताहरुप्रति उठेको छ । देसमा देखिएको  वर्तमान अवस्था  समय र परिस्थितिले  गर्दा पनि जनताले दल र  नेताहरु सँग प्रस्न गर्ने बेला र अवसर उब्जाएको छ। चिन्ता देस र जनताप्रति कि  ८४  को  चुनाव ? सत्ताको या जनताको भन्नू पर्ने भएको छ। जे ह‍ोस् ७८/ ७९  का जस्ता ८१ का जनता छैनन् । जनतामा जनताको सोच र जागरण र चेतनामा यति धेरै परिवर्तन आएको छ कि  ८४  को चुनावमा मतदान द्वारा  अहिले सत्ताको  नैनासुतमा  सुतेका नेता हरुलाइ  चिसो भुइमा सुताइ दिनेछन् ।

अहिले सत्ताको घोडा चढेर बुर्कुसि मारि रहेका दल र नेताहरुलाइ  ब‍ोराभित्र टाउको लुकाउनु पर्ने अवस्थामा पुर्याइदिने छन्। अहिले चिल्लाकारमा सयर गरेका नेताहरुलाइ मतदान को हतियार प्रयोग गरेर   फेरि एक पटक उनिहरुको जिवनको पुर्व अवस्थामै फर्काइदिएर  उहीँ हिजो जस्तै चप्पल पड्काउदै चिप्लो बाटोमा लुकिलुकि हिड्नु पर्ने बनाइ दिनेछन्। जनता ८४ को पर्खाइमा छन्।जनता कमजोर भएका हैनन्।  आउने चौरासिमा मासु भात र रक्सिमा बिक्ने र बिकाउने हरुलाइ डाडै कटाउनेछन् । चौरासिको चुनावमा असल राष्ट्र र  राष्ट्रियता प्रति समर्पित  शासक चुनेर सिहदरवार र वालुवाटारमा देस र जनताको सेवा गर्न खटाउने छन्। ती दिन धेरै टाढा छैनन् ।  

 ए नेता # चेतनाभया 

प्रतिकृया दिनुहोस