Friday, January 16News That Matters

गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको ११औ साधारणसभा सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा

गण्डकी ढुवानि मझौला मिनि ट्रक समितिले आफ्नो ११औ साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।


प्रमुख अतिथि राष्ट्रिय यातायात व्यवशायि महासघका वरिष्ठ उपाध्यक्ष ऐनकुमर शाहि को आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहिले व्यवशायिको हक हितका लागि महासँघ सदा लागि रहने वताउदै व्यवशायिका समस्या बारे ब‍ोल्नु हुँदै ढुवानी क्षेत्रमा सञ्चालन गरिएका सवारी सडकमा गुडाइ रहदा ट्राफिक प्रहरीले सानोतिनो गल्तिमा पनि दुख दिने गरेको वताए ।

राज्यलाई सबै भन्दा बढि कर राजस्व बुझाउने यातायात क्षेत्रलाई राज्यले नै बढि उपेक्षित गरेको गुनासो प‍ोख्दै व्यवशायि माथि प्रहरी प्रशासनले समेत दुख दिने गरेको जनाउदै वयवशायिाथि गरिने यस्ता व्यवहार बाट चिन्ता ब्यक्त गर्दै। राष्ट्रिय यातायात व्यवशायि महासघले माथिल्लो निकायमा समेत समस्या बारे जानकारी गराएको वहाले वताउनु भयो

यसैगरी सोही अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवशायि गण्डकी समन्वयन समितिका सचिव योगेन्द्र केसिले यातायात क्षेत्र पछिल्ला केही बर्ष यता अस्तव्यस्त भएको वताउदै यातायात क्षेत्रमा सुधार गर्नुपर्ने जनाउदै यातायात क्षेत्र लाई बलियो बनाउनका लागि आम व्यवशायि हरुमा एकता हुनु पर्नेमा अध्यक्ष केसिले ज‍ोड दिदै राज्यले यातायात व्यवशाय प्रति भेदभाव गरेको राजस्व मात्रै उठाउने गरेको आर‍ोप लगाउनु भयो ।

कार्यक्रममा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीले संघीय सरकारले विशेष गरेर आफ्नो व्यवशायको सिजन जस्तो महत्त्वपूर्ण समय बर्षा याममा ढुङ्गा, गिटी र बालुवा निकासीमा लगाएको प्रतिबन्द प्रति रोष प्रकट गर्दै सरकारले छिटोभन्दा छिटो प्रतिबन्द खोल्न माग गर्नु भयो । 

सरकारले असार साउन र भदौमा ढुङ्गा, गिटी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ, जसले गर्दा निर्माण सामग्री ढुवानी व्यवसायी  मजदुरहरु अन्यायमा परेका मात्रै हैन विस्थापित हुनु पर्ने अवस्थामा पुगेको वताउदै अध्यक्ष रसाइलीले सरकार यसप्रति गम्भीर हुनु पर्नेमा ज‍ोड दिनु भयो।

 वहाले भैपरी आउने सवारी दुर्घटनामा बिमाबाट प्राप्त हुने औषधी उपचार खर्च कम भएकाले यसमा पुनर्विचार गरी औषधी उपचारमा सरकारले एउटा नितिगत माददण्ड बनाउन आग्रह गर्नु भयो ।
साधारण सभामा असल इमानदार उत्कृष्ट व्यवसायीका रुपमा कैलाश घिमिरे र असल अनुशासित उत्कृष्ट सवारी चालकका रुपमा छवे नेपाली (अर्जुन) लाई द‍ोसल्ला समेत ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल यातायात व्यवशायि जिल्ला समन्वय समिति अध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना ,प्रनि ब‍ोधराज रेग्मी ,गण्डकी मझौला मिनि समितिका निवर्तमान अध्यक्ष राम वहादुर तमाङ( शिवु ) अखिल यातायात मजदुर सँघ उपाध्यक्ष भोजराज आचार्य ,गण्डकी ट्रक सञ्चालक समिति अध्यक्ष सुरेन्द्र त्रिपाठी,लगायतले बोल्नु भएको थियो ।
सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका सचिव श्याम ताम्राकारले सञ्चालन गर्नु भएको थियो भने, स्वागत मन्तब्य समितिका उपाध्यक्ष इश्वर बस्यालले दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस