पोखरा
१० गते शनिबार अन्दाजी २.०० बजेको समयमा कास्की पोखरा नागढुङ्गा स्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा मुस्ताङ चोक पुरानो यरपोर्ट बाट पृथ्वी चोकतर्फ आउदै गरेको लु ८ प २९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमै रहेको घरको पेटिमा अकस्मात ठोक्किदा स्याङ्जा जिल्ला वालिङ् नगरपालिका ४ घर भै हाल कास्की पोखरा १७ विरौटा बस्ने अन्दाजि २५ बर्षका जवर सिँह गुरुङ (जीवन) गम्भीर घाइते भइ उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारकै क्रममा रहेका उनको शनिबार बिहान करिब ३.५३ बजे निधन भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी १० गते शनिबार अन्दाजी २०.३० बजेको समयमा कास्की पोखरा महानगर पालिका २९ आदर्स चोक स्थित पृथ्वी राजमार्ग अन्तर्गत सडकखण्डमा विजयपुर बाट पावर हाउस तर्फ जाँदै गरेको ग३च ४७५७ नम्बरको बलेरो जिपले पैदलयात्रि सर्लाही जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगर पालिका वडा नम्बर २९ आदर्स चोक बस्ने करिब ५७ बर्षकि सोनु खड्का लाई ठक्कर दिदा गम्भीर घाइते भइ उपचारका लागि प.क्षे.अस्पतालमा लगिएको र उपचारकै क्रममा करिब २१.४० मा निधन भएको जनाएको छ।
कास्की ट्राफिक प्रहरिका अनुसार दुर्घटना पस्चात चालक तथा सवारी नियन्त्रणमा रहेको वताइको छ।
