पोखरा



पोखरा पर्यटकिय राजधानी घोषणा भए सगै यातायात क्षेत्रमा पर्यटक हरुका लागि आरामदायी तथा सुरक्षित यात्राका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा दिने उदेश्य सहित नया प्रयासको थालनि गरेको छ।

यतिबेला पोखराको हेम्जा बाट ललितपुर ,ललितपुर बाट पोखराका लागि कोइली ट्राभल्स प्रालिले यात्रुसेवाका लागि सुरक्षित तथा अत्यन्तै आरामदायि यात्राका लागि स्तरीय दुई वटा बस सेवा सञ्चालनमा ल्याएको छ।
यहि कार्तिक १२ गते सोमबार देखि हेम्जावासि हरुलाइ समेत सहज बस सेवा दिने उदेश्यले हेम्जा बाट साँझ ७ बजे छुट्ने गरि बस सञ्चालन गर्न लागेको पृथ्वी राजमार्ग सञ्चालक समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष योगेन्द्र वहादुर केसिले वताउनु भयो ।
सोहिक्रममा केसिले यसभन्दा पहिला पनि दुइ वटा स्तरीय बस पोखरा देखि सौराहा सौराहा देखि पोखराका लागि सञ्चालनमा ल्याइ सकिएको जानकारी गराउनु भयो ।

अध्यक्ष केसिका अनुसार पृथ्वी राजमार्ग वस सञचालक समिति द्वारा सञ्चालित यस्ता स्तरीय बस सेवा सञ्चालन सगै विस्तारै पृथ्वी राजमार्ग मात्रै नभएर अन्य ठाउका लागि पनि यात्रा गर्ने यात्रुहरूले अझ आरामदायी र सुविधासम्पन्न यात्राको अनुभव गर्न पाउने भएका छन्।

सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रमको अवसरमा
समितिका प्रमुख अतिथि तथा संरक्षक केशव प्रसाद अधिकारीले नया बस सेवाको उद्घाटन गर्नु हुँदै आफुहरुले यस्ता स्तरिय बस करिव ५० वटा सुपर डिलक्स सञ्चालनमा ल्याइ सकेको वताउनु भयो ।
सञ्चालित बस सेवा हेम्जाबाट साँझ ७ बजे छुट्नेछ भने, जिरो किमि, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुँदै पृथ्वीचोकबाट काठमाडौँ प्रस्थान हुने छ,
भने पोखराका लागि काठमाडौ ललितपुर बाट भने साँझ ६ बजे छुट्नेछ।
प्रति यात्रु १६०० सय भाडा निर्धारण गरिएको सुविधायुक्त सञ्चालित नयाँ बसमा यात्रुहरूको सुविधाका लागि २१ वटा फोल्डिङ सोफा सिट र ४ वटा सुत्न मिल्ने बेडको व्यवस्था गरिएको छ , यात्राको क्रममा यात्रुहरूलाई सहज यात्राका लागि वाइफाइ , प्याकेज सेवा वर्गर चियाखाजा र चिसो तातो पानिको समेत व्यवस्था हुने जनाइएको छ।
अध्यक्ष केसीले पृथ्वी राजमार्गमा सञ्चालन हुने बस सेवाहरूलाई स्तरीय बनाउने उद्देश्यले नयाँ तथा स्तरीय वससेवा सञ्चालनमा ल्याएको जानकारी गराउनु भयो।
सोही क्रममा कोइलि ट्राभल प्रालिले सञ्चालन गर्न लागेका दुई बस खरिद गर्न करिब दुई करोड रुपैयाँ लगानी गरेको छ। यात्रहरुको माग र चाहनालाइ ध्यानमा राखि आगामी दिनमा दिवासेवा समेत सञ्चालनमा ल्याइने अध्यक्ष केसिले वताउनु भयो ।

जिर्ण सडक भएको यस्तो अवस्थामा पनि यात्रुमैत्रि सुरक्षित सेवा दिने उदेश्य रहेको वताउदै अधिकारिले यात्रुहरूको बढ्दो मागलाई मध्यनजर गर्दै पर्यटकहरुका लागि पनि पर्यटकिय वसमा सुरक्षित यात्रा गरेको महहुस र अनुभुती हुने गरि यस्ता सुविधा सम्पन्न बस सेवाहरू सञ्चालन गरिरहेको वताउनु भयो ।
पत्रकार भेटघाटकै क्रममा समय परिवर्तन सगै आगामी दिनमा समेत अझै थप स्तरीय तथा सुबिधा सम्पन्न वस सञ्चालनमा ल्याउदै जाने अधिकारिले जानकारी गराउनु भयो ।





















