Friday, March 28News That Matters

“झुटा लाञ्छनाको विरोधमा सूर्यदर्शन सहकारी पीडितको चेतावनी: प्रमाणबिनाका आरोपले चरित्र हत्या नगर्न आग्रह”

यो समाचार शेयर गर्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी पीडितहरूले रास्वपाका नेताहरूले झुटा आरोप लगाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सामाजिक सञ्जाल र मिडियामा प्रमाणबिहीन समाचार सम्प्रेषण गरिएको गुनासो व्यक्त गरे।

सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले झुठा लाञ्छना र गलत समाचारले आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवनमा गम्भीर असर पारेको बताए। उनले भने, “हाम्रो विरुद्ध आरोप लगाउँदै प्रमाणसहित प्रस्तुत नभएमा यसले हाम्रो संघर्षमा नकारात्मक प्रभाव पार्नेछ।”

श्रेष्ठले कतिपय रास्वपाका आधिकारिक फेसबुक तथा अन्य वेबसाइटहरूबाट समेत भ्रम फैलाइएको भन्दै यसबारे प्रहरीमा उजुरी दर्ता गरेको जानकारी पनि दिए। उनका अनुसार, आधारबिना सार्वजनिक चरित्र हत्याको प्रयास भइरहेको छ।

संघर्ष समितिका अध्यक्ष श्रेष्ठले कांग्रेस, एमाले, रास्वपालगायत दलहरूले मिलेर जिबी राईलाई जोगाउन खोजेको आशंका समेत गरे। “पीडितहरूलाई हतोत्साहित गर्न साइबर सेनाको प्रयोग गरिएको छ,” उनले थपे।

समितिले आज विज्ञप्ति जारी गर्दै न्यायालयलाई प्रभावित गर्न खोजिएको आरोप लगाउँदै प्रहरी प्रशासन, मुख्यमन्त्री, संघर्ष समितिका अध्यक्ष र केही बचतकर्तासहितका नाम समावेश गरी झुटा समाचार र लाञ्छना लगाइएकोमा गम्भीर आपत्ति र भर्त्सना प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस