Friday, April 17News That Matters

पोखरामा “स्वरसम्राट नारायणगोपाल” पुस्तकको विमोचन: प्रकाश सायमीको बायोपिक चलचित्र बनाउने घोषणा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा / शनिबार स्वर सम्राट नारायण गोपाल पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भएको छ।
पोखराको अग्रपङ्तिमा स्थापित एभरेस्ट एफएम ९३ द्वारा आय‍ोजित विमोचन कार्यक्रममा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपती पदमराज ढकाल, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी लगायतका व्यक्तित्व हरूको उपस्थितीमा एकैसाथ पुस्तक विमोचन गरिएको थियो ।

पुस्तकको विमोचन समारोहमा बोल्दै लेखक र अध्ययनशील व्यक्तित्व प्रकाश सायमीले स्वरसम्राट नारायण गोपालको जीवन कथामा आधारित चलचित्र बनाउने घोषणा समेत गर्नु भएको छ।

सोही अवसरमा वहाले आफूले लेखेको पुस्तक “स्वरसम्राट नारायणगोपाल”बाट बायोपिक चलचित्र निर्माण गर्ने बताउनु भयो ।
वहाले तीन दसक पछि चलचित्र मार्फत निर्देशनमा आफ्नो पुनःप्रवेश गर्ने पनि जनाउनु भएको छ।

पुस्तकलाई पूर्ण सत्यतामा आधारित रहेको दाबी गर्दै सोहि क्रममा वहाले अरुको थाहा छैन, तर आफ्नो पुस्तकमा ९९ प्रतिशत सत्य रहेको वताउनु भयो ।

सोहिक्रममा नारायण गोपालको जन्मस्थल, पारिवारिक जीवन, संघर्ष र अन्य जिवनका हरेक पाटा र उतार चढाव बारे समेत प्रस्तुत गरिएको उल्लेख गर्दै नारायण गोपालको जन्म काठमाडौंमा नभइ सिराहामा भएको र वहाको मृत्युपश्चात् वहाले गाएका कतिपय गीत वहाकै पत्नि प्रेमलालाई समेत थाहा नभएको वताउनु भयो ।

पुस्तकको विमोचन कार्यक्रममा सायमीले नारायणगोपाल र पोखराको सम्बन्धको बारेमा पनि चर्चा गर्दै वहाले भन्नु भयो “नारायण गोपालले पोखरा सँग गहिरो नाता रहेको उहाँको विवाहपछि पोखरा आउनु भएको थियो र वहाको पोखराका कलाकार र साहित्यकार सँग नजिकको सम्बन्ध रहेको वताउनु भयो ।सोही क्रममा सायमीले पोखरासँगको आफ्नो गहिरो नाता र यहाँको माया र सम्मानलाई उच्च मूल्याङ्कन गरि रहेको वताउनु भयो ।

कार्यक्रममा बोल्दै, वरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तकलाई एक महत्वपूर्ण अनुसन्धान दस्तावेजको रूपमा रहेको जनाउदै सायमीले पुस्तकलाई निकै मेहनत र गहिरो अध्ययन गरेर तयार पार्नु भएको वतनउनु भयो ।
पुस्तकले जनमानसमा स्वरसम्राट नारायण गोपालको जीवन र संघर्षलाई उजागर गरेको वताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तकलाई पठनीय र अत्यन्त रोचक रहेको बताउँदै सायमीको यो प्रयासलाई आफुले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै वहाले “सायमीको यो पुस्तक जगदीश घिमिरेको आत्मकथा पछि नेपालको संगीत र साहित्य जगतमा आएको अर्को महत्त्वपूर्ण कृति हो,भन्नू भयो ।

लोक गायिका हरिदेवी कोइरालाले सायमीको योगदानलाई संगीत, साहित्य र नाटकका क्षेत्रमा अतुलनीय बताउँदै नारायण गोपालको कृतित्वलाई अझ उजागर गर्न यस पुस्तकले महत्वपूर्ण भूमिका निभाएको वताउदै वहाले सायमीलाई पोखरेली भन्नु गर्वको विषय भएको र पोखरासँगको वहाको सम्बन्ध पनि निकै महत्त्व रहेको वताउनु भयो ।

कार्यक्रममा पत्रकार बद्रीविनोद प्रतीक र टीकाबहादुर कार्कीले समेत नारायण गोपालको जीवन र सायमीको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने, धन्यवाद ज्ञापन एभरेस्ट मिडिया हाउसकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले गर्नुभएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा गायक रामभक्त जोजिजुले स्वरसम्राट नारायण गोपाललाई श्रद्धांजलि अर्पण गर्दै कार्यक्रमको सुरुआत र समापन संगीत र त्रिवेणीको प्रस्तुति रहेको थियो।आय‍ोजित कार्यक्रम पोखरा सिटीजन फर्निचर प्रालिको सहयोग रहेको थियो ।

प्रतिकृया दिनुहोस