Friday, March 28News That Matters

पुर्ब गृह मन्त्रि रवि लामिछानेलाई आज १३ दिनको म्याद थप

यो समाचार शेयर गर्नुहोस्

पुर्ब गृह मन्त्रि रवि तथा (रास्वपा)सभापति रवि लामिछानेलाई आज १३ दिनको म्याद थपिएको छ। यो म्याद थप प्रक्रिया प्रहरीले अनुसन्धानमा अझै महत्वपूर्ण प्रमाणहरू संकलन गर्न र उनको विरुद्धका घटनाहरूको बारेमा थप जानकारी प्राप्त गर्नका लागि जारी राखेको हो। म्याद थपको उद्देश्य भनेको थप समयसिमा दिनु हो जसले अनुसन्धानलाई प्रभावकारी तरिकाले अगाडि बढाउन मद्दत पुर्याउँछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ गरिएको थियो। उनलाई जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतको निर्णयअनुसार, कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने आदेश दिएका हुन्।

लामिछानेलाई म्याद थपको लागि आज अदालतमा पेश गरिएको थियो। उनलाई ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा अनुसन्धान भइरहेको छ। यस प्रकरणसँग जोडिएका अर्का प्रमुख व्यक्ति, रविका साझेदार र पूर्व डिआईजी छविलाल जोशी पनि असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन्।

प्रहरी र अदालतको अनुसन्धान प्रक्रिया जारी रहनुका कारण, लामिछानेलाई थप समय हिरासतमा राखेर थप प्रमाण संकलन र सोधपुछ गर्न निर्णय गरिएको छ।

प्रतिकृया दिनुहोस