राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही पुर्याइने भएको छ। प्रहरीले उनलाई बिहान एयरपोर्टसम्म पुर्याएपनि, हुस्सुका कारण उडान प्रभावित भएकोले उनलाई एयरपोर्टमै रोकिएको छ।
प्रहरीका अनुसार, लामिछानेलाई बयान सकेर आज नै कास्की फर्काउने तयारी गरिएको छ। उनले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा खर्च गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यसै संदर्भमा लामिछानेलाई र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति प्रदान गरेको थियो।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार, उक्त सहकारी संस्थाबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेलाई सम्बद्ध विभिन्न व्यक्तिहरूको मार्फत गोर्खा मिडिया नेटवर्कमा लगिएको उल्लेख गरिएको छ।
प्रतिकृया दिनुहोस