सम्वैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र अन्त्य सगै देसमा सँघिय लोकतान्त्रिक गणतन्त्र आयो जुन गणतन्त्र आएपछि कसैले जनता द्वारा जनताले जनताकै लागि जनताकै छोरालाई शासक बनाउनका लागि हजारौं नेपाली जनताले सहिद वेपत्ता घाइते भएर ल्याइएको व्यवस्था हो भनेर त कसैले हैन जनताको नासो जनतालाइ नै भनेर पुर्व राजा ज्ञानेन्द्रले सजिलै दलहरुका हातमा शासन सत्ता थमाएका हुन् भनेर व्याख्या गर्न थाले।
फेरिपनि आम नेपाली जनतामा एउटा उत्साह पैदा भयो अब देसमा शुशासन शान्ति अमन चयन कायम हुने भो जनताका मौलिक हक अधिकार सुनिस्चित हुने भए भन्नेमा आम नेपालि जनता ढुक्क भए । अब दस बर्षे जनयुद्द गरेर आएको माओवादि र डेड दसक शासन सत्ता चलाएका काङग्रेस र एमाले साथै सघर्षरत मधेसवादि दल लगायतका सबैदल हरु एक ठाउमा उभिएर जनतासग माफि माग्दै लोकतान्त्रिक पद्धति विपरित कुनैपनि दल नजाने प्रतिवद्दता सहित खुल्ला मञ्चमा सघिय लोकतान्त्रि गणतन्त्र अबको बाटो भनेर घोषणा गरे सगै देसमा नया युगान्तकारि परिवर्तन भएको महशुस हुनेगरि सविधान बनाउने उद्घोष नेताहरुले गरे ।तब देसमा लोकतन्त्र आयो जनताको अधिकार जनतामै निहित हुने भयो भन्ने कुरामा विस्वस्वत हुदै नेपालि जनताले दलहरु प्रति जुन विश्वास गरे त्यहि विश्वास विपरिपत दलहरुले राष्ट्रघात जनघात व्यवस्थाघात लगायत बहुघात गरेका कुरा हरु जब छरपरस्ट देखिन थाले ।
तब नेपालि जाताले नया शक्ति बो खोजि गर्न थाले तब कतै स्वतन्त्रका नाममा नया शक्तिले जन्म लिन थाले कतै स्वतन्त्रताका नाममा दल र विभिन्न खाले अभियान हरुले जन्म लिन थाले दसमा हरेक दिन सडकमा विरोध हुन थाले दलहरु सत्ताको लुछाचुडिमा रम्न र भ्रष्टचारि तस्कर माफिया सहकारी ठगहरुको सँरक्षणमा लाग्न थाले।त्यति मात्र नभएर एकले अर्को दल र दलका नेताहरुलाइ नङ्ग्याउनमै व्यस्त हुन थाले देसमा कहिले कोरोना त कहिले प्राकृतिक विपत्ती आउन थाले देसको सबैभन्दा ठूलो युवाशक्ती को रुपमा रहेका युवाहरु आफ्नो भबिष्य अन्धकारमय हुने देखेर दिनप्रतिदिन यो देसमा बसेर अब केही हुदैन केहि गर्न सकिदैन भन्दै लाखौको सख्यामा बिदेसिन थाले।
देसमा सर्वसाधारण जनता पिडै पिडामा रुन कराउन जल्न मर्न थाले नेताहरु एक आपसमा कुर्चिका लागि लड्न थाले जसले गर्दा यतिबेला देसैभर भुसभित्र सल्किएको आगो भनेजस्तो अवस्था देखिन थाल्यो।
देसमा भएका सबैभन्दा ठुला दलकै नेताहरुका नाम एकपछि अर्को र्गर्दै भ्रष्टाचारमा मात्रै मुछिएर मात्रै नभइसहकारी ठगि काण्ड देखि लिएर मानव तस्कर सरकारि जग्गा बेचबिखन ठेक्कापट्टा लगायतका धन्दामा लागेका प्रमाण मात्रै हैन माफिया दलालपुजिवाद हरुसगै लत्पतिएका खवरहरु सार्वजनिक हुन थाले जसले गर्दा नेताहरु यति नाङगिदै जान थालेकि जनताको नजर बाट आफुहरु निर्दोषि रहेको सदाचारि रहेको देस र जनताप्रति जिम्मेवार इमान्दार रहेको प्रमाणित गर्नकै लागि एकले अर्कोको धोति फुस्काउदै जान थाले कतिले ता अझैपनि आफ्नो धोती नफुस्किएको भन्दै त्यै धोतिलाइ इमानदारिताको पगरि गुथेझै गरि लाजै नमानि इमानदारीताको प्रमाण बनाएर जनतालाइ आफू हरु ता दुधले नुहाएको भनेझै गरि देखाउन थाले ।
जसले गर्दा जनता बचाउने भन्दा पनि दल र नेताहरुलाइ अब जनताको नजरबाट कसरी बच्ने भन्ने चिन्ता बढ्न थाल्यो र होसहवासै नभएझै गरि अझैपनि सामान्य सर्वसाधारणले समेत बुझ्ने र प्रस्न उठाउन सक्ने खालका गतिविधि गर्न थाले।
यतिबेला देस एकातिर सहकारि पिडित मय भएको छ भने अर्कोतिर सिङ्गो देसै सङ्घर्षमय हुने सङ्केत देखिन थालेको छ। एकतिर देस पुरै सङ्कटग्रस्त देखिन थालेको छ भने अर्कोतिर देसैभरको राजनितिक अवस्था र शासनसत्ता अस्तव्यस्त देखिन थालेको छ। देसमा यतिबेला दल र नेताहरु एक आपसमा नाङ्गिदै र नङ्ग्याउदै जाने दौडमा लागि रहेका छन् यहा सम्मकि एउटा नेताले अर्को नेतालाइ नङ्ग्याउदा आफ्नै धोती फुस्किएको समेत पत्तै पाएका छैनन्।
जसले गर्दा यतिबेला लाजले पनि लजाउदै गरेको अवस्था छ। भ्रष्टचारले लत्पतिएका माफिया तस्करहरु सगै सति गएका नेताहरुले तैपनि देस र जनताप्रति बफादार भएको नाटक देखाउन भने छाडेका छैनन् । तर नेपालि जनताले भने कोट र टाइ लगाएरै जति नै ढाकिएर अगुवा र पछुवाको बिचमा हिडे पनि नेताहरुलाइ नाङ्गै देखि सकेका छन् सबै नेताहरुका कर्तुत हरु लाई नजिकै बाट बुझि सकेका छन् र चौरासिमा कुन दल र कुन नेताहरुलाइ कहाँ कुन कुन र कस्ता कस्ता भित्तामा पुर्याउनु पर्ने हो पुराका पुरा तयारि गरि सकेका छन्। त्यसैले तितो सत्य भन्नै पर्ने हुन्छ आजसम्म नेपाली जनतालाइ वेवकुफ बनाउदै सत्ता स्वादमा रमाएका र चाखेका हरुलाइ नेपाली जनताले लोकतन्त्रको स्वाद चखाउने छन्। ति दिन धेरै टाढा छैनन्। एकदिन नाङ्गिने र नङ्ग्याउने दल र नेताहरु आ आफ्नै सत्ता स्वार्थको मुर्खताले र भ्रष्टाचारको गुलियोमा लत्पतिएको वुद्दिले सबै नेताहरु जनताको नजरमा सदाका लागि नाङ्गिनेछन् । ती सुनौला दिन धेरै टाढा छैनन्।
