Sunday, March 23News That Matters

मेयर आचार्य द्वारा वडा नम्बर २३ भञ्ज्याङमा खेलमैदान उद्घाटन

यो समाचार शेयर गर्नुहोस्

पोखरा


प‍ोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेलमैदानको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा रहेको मैदानमा निर्माण गरिएको पोखरा हाइ अल्टिच्चुड खेल मैदानको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको पञ्चासे भञ्ज्याङलाई आगामी दिनमा जैविक विविधता र धार्मिक तथा पर्यटनको हबका रूपमा विकास गरिने मेयर आचार्यले बताउनु भएको छ।

सोहि क्रममा मेयर आचार्यले पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै मेयर आचार्यले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास सग सम्वन्धित निकायहरु सग साझेदारि तथा सहकार्य गरिरहेको बताउनुभयो ।

पञ्चासेमा बालाचर्तुदशीका दिन हजारौँ श्रद्धालु भक्तजनहरू पुग्ने गरेकाले भन्ज्याङसम्म सुविधा सम्पन्न सडक निर्माणको प्रक्रिया अगाडी बढिसकेको उहाँले बताउनुभयो । घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नाला समेत निर्माण भइरहेकाले यो सडक सङ्घ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको समेत मेयर आचार्यले जानकारी गराउनु भयो ।

भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैङ्कसँग साझेदारी गरिएको र पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण गरिने उहाँले बताउनुभयो ।
पञ्चासे क्षेत्र विश्व मै धेरै प्रजातिका अर्किडहरु पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको मेयर आचार्यले बताउनुभयो ।

पोखरा महानगरपालिकाको रु.२५ लाख, गण्डकी प्रदेश सरकारको रु.५ लाख, आदर्श क्लबको रु.३ लाख ७५ हजार र स्थानीय भक्त बहादुर गुरुङको रु.८० हजार लागतमा खेलमैदान निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस