पोखरा
बिहीबार / पोखराको पर्यटकिय क्षेत्रमा रहेको वडा प्रहरी कार्यालय बैदामको सक्रियतामा १० करोड ६० लाखको लागतमा अति विशिष्ट नया भवन निर्माण भएको छ ।
०७६ शाल माघ ५ गते शिलान्यास भएर करिब चार बर्षमा सम्पन्न भएको नवनिर्मित भवनको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी महानिरिक्षक बसन्त कुँवरले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै प्रहरि महानिरिक्षक कुँवरले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने गरि पर्यटकमैत्रि बन्न र शान्ति सुव्यवस्था कायम रहने गरि सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो।
प्रहरी महानिरीक्षक कुँवरले काठमाडौँमा रात्रिकालीन व्यवसायिलाई सुरक्षाको महहुस हुनेगरी सुरक्षा व्यवस्थापन गरे जस्तै पोखराले समेत सोही अभ्यास लाई आत्मसात गर्नु पर्नेमा जोड दिदै देशका अन्य स्थानका प्रहरीले समेत आत्मसात गर्नुपर्ने वताउनु भयो ।

पोखरा पर्यटकीय राजधानी घोषणा भए सँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको हुदा पर्यटकको सुरक्षामा अत्यन्तै जिम्मेवार बनेर सुरक्षामा ध्यान दिन कास्की प्रहरी लगायत मातहत विभिन्न सुरक्ष निकाय लाई निर्देसन दिनु भयो ।
सोही अवसरमा पोखरा महानगर पालिकाका पूर्वमेयर मानबहादुर जिसीले पोखरा सुहाउँदो प्रहरी कार्यलय बनेको बताउँदै प्रहरीले प्रदान गर्ने सेवा प्रवाह गर्ने काम पनि व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनु भयो।

प्राविधिक प्रहरी नायब उपरीक्षक तथा इन्जिनियर ध्रुव अधिकारीले ५ रोपनि १२ आना क्षेत्रफलमा फैलिएको १ हजार ९०५ वर्गफिटमा क्षेत्रफलमा निर्माण गरिएको भवन सम्बन्धी प्रस्तुत गर्नु भएको प्रतिवेदनअनुसार भौतिक पूर्वाधार निर्देशनालयको १० करोड ६० लाखको लागतमा ४ वर्षको अवधिमा सुविधा सम्पन्न भवन दुई चरणमा सम्पन्न भएको छ।
भवन निर्माणकै क्रममा प्रकृयागत जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तित्ब हरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्रमुख भरतमणि पाण्डे अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला सभापति किसोरदत्त बराल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा प्रदेस प्रहरी प्रमुख लगायत जिल्ला मातहत सुरक्षा निकाय प्रमुख साथै पुर्व प्रहरि प्रमुख हरुको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न राजनितीक दल सामुदायिक सेवाकेन्द्र तथा सँघ सस्था प्रतिनिधि समाजसेवी हरुको समेत उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत गर्नु भएको थियो भने उद्घाटन कार्यक्रम पत्रकार महासघ कास्की उपाध्यक्ष जमुना बर्षा शर्माले सञ्चालन गर्नु भएको थियो ।