पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेसले प्रदेस कार्यालयमा आज पत्रकार महासँघ गण्डकी प्रदेस सँस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेल साथै ,पत्रकार स्व. अनिल शाही को स्मरणमा ,स्मृति सभाको आयोजना गरेको छ।

आज माघ १ गते मङ्गलवार महासंघ द्वारा आयोजित दोस्रो स्मृति सभामा वक्ताले पौडेलले महासङ्घको संस्थागत विकास तथा पत्रकारिता लगायत राजनीतिक सामाजिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै स्वर्गीय पौडेलले गरेका योगदान बारे वक्ता हरुले चर्चा गरेका थिए।
स्मृति सभामा उपस्थित पत्रकार हरु बिच अग्रज पाका पत्रकारहरुले उनी सग विताएका पलहरुको चर्चा गर्दै पौडेलको योगदान अमुल्य रहेको जनाउदै पौडेलले देखाएको मार्गलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्ने वताउदै उनका सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिए ।

ठिक २ वर्षअघि आजकै दिन पोखराको सेती खोँचमा यती एयर दुर्घटनामा परी पत्रकार पौडेल,साथै पत्रकार तथा एपोष्टल एफएम प्रमुख अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो ।
आयोजित स्मृति सभा कार्यक्रममा पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, नारायण कार्की, बद्रीविनोद प्रतीक, कोमलनाथ बराल, पत्रकार महासङ्घ कास्की उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासङ्घ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, पत्रकार महासङ्घ गण्डकीका संस्थापक सचिव एवं प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, प्रेस सेन्टरका केन्द्रीय सदस्य बेलु थापा, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु लगायतले स्व. त्रिभुवन पौडेल र अनिल शाहिको विगत जिवनिलाइ स्मरण गर्दै, शोकलाइ शक्तिमा बदल्नु पर्नेमा जोड दिएका थिए।
सोही आयोजित स्मृति सभामा स्व. त्रिभुवनका ससुरा बुवा सुवास अधिकारीले त्रिभुवनको स्मृतिमा कविता वाचन गरेका थिए भने उनको कविता वाचन सुनेर आयोजित कार्यक्रममा उपस्थित पत्रकार हरु समेत भाव विहल भएका थिए। ।
स्मृति सभामा स्वर्गिय त्रिभुवन पौडेलकी धर्मपत्नी प्रतिभा अधिकारी र स्वर्गिय अनिल शाहीका बुवा अशोक शाहीको उपस्थिति रहेको थियो।
आयोजित स्मृति सभा कार्यक्रममा पत्रकारिता हकहित सँरक्षण सम्वद्द विभिन्न सँघ सँगठनका प्रतिनिधि साथै सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो ।
स्मृति सभामा उपस्थित सबैले स्वर्गिय पत्रकार त्रिभुवन पौडेल र स्वर्गिय अनिल शाहीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धाञ्जली सहित श्रद्दासुमन व्यक्त गरेका थिए ।
पौडेल नेपाल पत्रकार महासङ्घका तत्कालीन केन्द्रीय सदस्य साथै प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष समेत रहेका थिए।
जनयुद्ध को बेलादेखि
स्वाभिमान साप्ताहिक बाट सञ्चार क्षेत्रको यात्रामा लागेका स्व. पौडेल रेडियो एफएम हुँदै पोखरा हटलाइन दैनिकका सम्पादक रहेका उनि पत्रकार महासङ्घ कास्कीमा उपाध्यक्ष थिए भने उनले दुई पटक सम्म सचिव भई महासँघमा जिम्मेवारीपुर्ण योगदान गरेका थिए ।

आइटि क्षेत्रमा लाग्दै अगाडि बढेका शाहि रेडियो एपोस्टल संस्थापक थिए भने तत्कालीन अवस्थामा प्रेस सेन्टर नेपाल महानगर कमिटी सदस्य थिए।
नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्माले सञ्चालन गरेको स्मृति सभा कार्यक्रम प्रदेस अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको थियो, भने सदस्य विजय नेपालको स्वागत मन्तब्य रहेको थियोे ।
