पोखरा
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि पोखरा आउनु हुने भएको छ।
वहाँ माघ ३ गते बिहिवार भोलि मध्याह्न करिब १२.३० बजेतिर पोखरा आउनु हुने जानकारी प्राप्त भएको छ।
वहाँले पोखरामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको नव निर्मित इमर्जेन्सी भवनको उद्घाटन गर्नु हुनेछ भने ,नर्सिङ क्याम्पसको प्रथम दिक्ष्यान्त समारोह कार्यक्रममा समेत सरिक हुनु हुने छ।
पोखराका मुख्य मुख्य विभिन्न चोक सडकमा
ट्राफिक तथा सुरक्षा व्यवस्थापन चुस्त पारिनुका साथै आजै बुधबारदेखि सुरक्षा सयन्त्र परिचालन गरिएको छ।
प्रतिकृया दिनुहोस
